‘समृद्ध तामाकोशीको निर्माण, माओवादी केन्द्रको नेतृत्वमा मात्र सम्भव ’

‘समृद्ध तामाकोशीको निर्माण, माओवादी केन्द्रको नेतृत्वमा मात्र सम्भव ’

असोज २१, विहिवार । आज राजधानी काठमाडौंमा आयोजित तामाकोशी–काठमाडौं सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्दै माओवादी केन्द्र दोलखाका नेताहरुले समृद्ध तामाकोशी गाउँपालिका निर्माणको लागि माओवादी केन्द्रको नेतृत्व आवश्यक रहेको विषय संयुक्तरुपमा बताएका छन् ।
काठमाडौंको जडिवुटिस्थित कोटेश्वर पार्टी प्यालेसमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य गंगा कार्की, शंकर लामा र विशाल खड्का लगायतका नेताहरुले माओवादीले गर्दा मुलुक नयाँ व्यवस्थामा गएको बताउदै वास्तविक समृद्धि प्राप्तीको लागि पनि माओवादीकै नेतृत्व आवश्यक रहेको जिकिर गरेका हुन् ।
भेलाले केदार चौलगाईको नेतृत्वमा उपाध्यक्ष देवराज दाहाल, प्रेम मोक्तान, सचिव राजकुमार भट्टराई र कोषाध्यक्ष ममता ठकुरी सहितको समिति पनि चयन गरेको छ ।


यस्तै, आजै, सहरे–काठमाडौं सम्पर्क समन्वय समितिको भेलाले इन्द्र केसीको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्