तामाकोशी कांग्रेस सचिवमा शंकर र गोकुलगंगामा सुमनको उम्मेदवारी घोषणा

तामाकोशी कांग्रेस सचिवमा शंकर र गोकुलगंगामा सुमनको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको पालिका सचिवको लागि दुईजना यूवाहरुले उम्मेदवारी घोषणा गरेका छन् ।


तामाकोशी गाउँपालिकाको पालिका सचिवको लागि वडा नं. ५, सहरेका शंकर न्यौपानेले आज उम्मेदवारी घोषणा गर्दै गाउँपालिकालाई कांग्रेसको किल्ला बनाउने उद्घोष गरेका छन् । उनले यूवाहरुले मात्र राष्ट्रियता, समाजवाद र लोकतन्त्र जस्ता कांग्रेसको नारालाई आत्मसात गर्दै त्यसको मर्मलाई जनस्तरसम्म लैजान सक्ने पनि बताएका छन् ।
यस्तै, गोकुलगंगा गाउँपालिकाको पालिका सचिवका लागि पत्रकार पृष्ठभूमिका सुमन खड्काले उम्मेदवारी घोषणा गर्दै कांग्रेसलाई आम जनतामाझ लैजान र यूवाहरुमा कांग्रेसप्रति आकर्षण बढाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।


गोकुलगंगा गाउँपालिका वडा नं. ५, नामाडीका सुमन बाल्यकालदेखि नै समाजसेवाका सक्रिय छन् ।
कांग्रेसको १४ महाधिवेशन अन्तर्गत वडावाट धेरै यूवाहरु निर्वाचित भएर आएसंगै यसले पालिका र जिल्ला तथा केन्द्रसम्म यूवा प्रतिस्पर्धामा उत्रिने हौसला प्रदान गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्