नेपाली यूवाहरुको भावलाई समेट्ने ‘ठेस’ युटुवमा ( भिडियो सहित )

नेपाली यूवाहरुको भावलाई समेट्ने ‘ठेस’ युटुवमा ( भिडियो सहित )

काठमाडौं । नेपाली यूवाहरुको भावना तथा व्यथाहरुलाई समेटेर निर्माण गरिएको छोटो चलचित्र ठेस युटुवबाट प्रदर्शनमा आएको छ । प्रवेश रिजालद्धारा निर्माण गरिएको ठेसमा समिर खनालको मुख्य भूमिका छ भने वरिष्ठ कलाकार सानु ताम्राकार र सन्जय केसी, नारायण न्यौपानेको पनि अतिथि कलाकारको रुपमा चलचित्रमा देख्न पाइन्छ ।  यसमा अन्य कलाकारहरुको पनि बेजोड अभिनय दुख्न सकिन्छ । नेपाली जनचेतनामुलक सर्ट मुभी `ठेस´ केही फेस्टिभल हुँदै युट्युवमा सार्वजनिक भएको हो ।

रमाईलो युट्युब च्यानलबाट सार्वजनिक भएको यस छोटो चलचित्रमा नेपाली युवाहरुले जिवनमा भोग्नु परेको आरोह अवरोह र विषयमा चित्रण गरिएको छ । सविन न्यौपानेको निर्देशनमा बनेको चलचित्रको सह निर्देशक ड्यानी भट्ट हुन भने सम्पादन सागर खतिवडाले गरेका हुन ।

‘ठेस’ ले दर्शकको निकै राम्रो प्रतिक्रिया पाउँनुका साथै दर्शकले कलाकारको अभिनयलाई खुब रुचाएका छन् ।

चलचित्र हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्