दोलखाको मेलुङबाट अखिल क्रान्तिकारीको गर्जन

दोलखाको मेलुङबाट अखिल क्रान्तिकारीको गर्जन

दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा अखिल (क्रान्तिकारी) प्रति तिब्र आकर्षण देखिएको छ । आज मेलुङ गाउँपालिकामा दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट उमेश भण्डारीको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचित भएका छन । कमिटीको उपाध्यक्षमा दिनेश तिवारी र शिवम पोखरेल, सचिवमा ओमकार भण्डारी, सहसचिवमा स्वस्तिका गिरी, सहसचिवमा रविना खड्का र कोषध्यक्षमा कविता खड्का चयन हुनु भएको छ । मेलुङ गाउँपालिकाको विभिन्न शैक्षिक संस्थाहरुबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा गरिएको सम्मेलनले जिल्लाको शैक्षिक क्षेत्रमा हुने विकृती विसङ्गतिका विरुद्धमा निरन्तर संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा माओवादी केन्द्र, दोलखाका जिल्ला सचिवालय सदस्य उपेन्द्र अधिकारी, विषेश अतिथि अखिल क्रान्तिकारी, दोलखाका उपाध्यक्ष नवराज श्रेष्ठ, अखिल क्रान्तिकारी कार्यालय व्यवस्थापन विभाग, दोलखाका प्रमुख विकल खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्