जिल्लाकै समृद्ध बन्ने योजनामा तानसेन नगरपालिका वडा ८

जिल्लाकै समृद्ध बन्ने योजनामा तानसेन नगरपालिका वडा ८

बाबुराम ओली
भाद्र ७, पाल्पा ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ८ जिल्लाकै समृद्ध बन्ने योजनाका साथ अघि बढिरहेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले ‘समृद्धि नेपाल , सुखी नेपाली ,को लागि आ आफ्नो क्षेत्रबाट काम गर्दै आइरहेको वडा अध्यक्ष रामप्रसाद घिमिरेले बताउनु भयो ।
यस वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक भवन, सडक, कृषि लगायतका विकासका क्षेत्रमा उल्लेखनिय कामहरु गरिरहेको छ । विद्यालयमा पाठयसामाग्रीको उपलब्धता भएका कारण बालवालिकाले सहज रुपमा शिक्षा ग्रहण गर्न पाइरहेका छन् । प्रशस्त मात्रामा स्वास्थ्य सेवालाई सहज र प्रभावकारि बनाउनका निम्ती थप २ वटा स्वास्थ्य चौकी निमार्ण भइरहेका छन् ।
वडामा बाहै्र महिना गाडि चल्ने गरि सडक फराकिलो, कालो पत्रे गर्ने काम पनि निरन्तर भइरहेको छ । कृषि क्षेत्रमा विउ, मलको उपलब्धता र पशुपालनमा उन्नत जातका बाख्रा वितरण जस्ता कामहरु पनि भइरहेको वडा अध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।
वडामा महिलाको हक, हित र अधिकारको निम्ती महिला सशत्त
सशत्तिकरण अभियान पनि सञ्चालन हुदै आइरहेका छन् भने ८ वटा सामुदायिक भवन पनि निमार्ण भइरहेका छन् ।
तसर्थ, सम्पूर्ण काम हुदै जाँदा वडाबासीलाई धेरै सहज भएको वडा अध्यक्ष घिमिरेले बताउनु भयो । उहाँका अनुसार सम्पूर्ण काम गर्दा आफुले स्थानीयको साथ, सहयोग पाएको र बाँकी रहेका कामहरु निर्माण चरणमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्