तानसेन नगरपालिका वडा नं. ९ को विकास र समृद्धि

तानसेन नगरपालिका वडा नं. ९ को विकास र समृद्धि

बाबुराम ओली
भाद्र ७, पाल्पा ।
स्थानीय तहको विर्वाचन भएपछि पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९, विकासका दृष्टिकोणबाट तिव्र रुपमा फडको मारिरहेको छ । सो वडाका जनप्रतिनिधिहरुले आपना कर्तव्य पुरा गरेका कारण यस वडाका स्थानीयमा खुसी छाएको देख्न सकिन्छ । वडाको चौतर्फी विकासको लागि अघि बढिरहेको उक्त वडाका अध्यक्ष हरि सुमार रेग्मीले जानकारी दिनुभयो ।
यस वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्यालय, फलामे पुल, कृिषमा आधुनिकरण, स्वास्थ्य चौकी , वडा भवन, लगायतका सम्पूर्ण कामलाई विशेस महत्तव दिएर समृद्धि तर्फ अघि बढिरहेको छ । वडामा पाठयपुस्तकको उपलब्धता, शैक्षिक सामाग्रीको व्यवस्था, स्वास्थ्य चौकी निर्माण, २३ वटा सडकमा गाडि हिडन सकने सडक निर्माण, कृषि सम्बन्धी विउ विजन, मल, कुलो, सौहुलियत ऋण, जस्ता विकासका कामहरु तिव्र गतिमा भइरहेका छन् ।

स्वास्थ्य चौकीको निर्माण भएसँगै वडाका स्थानीयले सामान्य उपचारको लागि टाढाटाढा धाउनु पर्ने अवस्था हराउदैं गएको वडा अध्यक्ष रेग्मीले बताउनु भयो । सुकुम्बासी अथार्त भुमिहिनलाई जग्गा उपलब्ध भएसँगै वडामा भुमिहिन स्थानियको जीवनस्तरमा सहजता आएको छ ।
यस वडामा यी सम्पूर्ण विकासका काम गर्दा स्थानीयबाट अत्यन्तै साथ, सहयोग पाएको र बाँकि रहेका कामलाई निर्माण गर्ने योजना बनाएको वडा अध्यक्ष रेग्मीले बताउनु भयो ।
समग्रमा, स्थानीय तहको चुनाव पछि निर्वाचित जनप्रतिनिधि, कर्मचारी, र स्थानीयहरु सहयोगमा वडाको विकास तिव्र गतिमा अगाडि बढिरहेको र आगामी दिनहरुमा यस वडा छिटै विकसित वडा बन्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्