विकास र समृद्धि तर्फ देवदह नगरपालिका वडा नं. ३

विकास र समृद्धि तर्फ देवदह नगरपालिका वडा नं. ३

बाबुराम ओली
भाद्र ६, रुपन्देही ।
स्थानीय सरकारको गठन भएको छोटो समयमा थुप्रै वडामा विकास तिव्र गतिमा अगाडि बढिरहेको देख्न सकिन्छ । यस्तै विकास गर्ने वडा मध्ये एउटा उदाहरण रुपन्देही जिल्लास्थित देवदह नगरपालिकाको वडा नं. ३ पनि हो ।
यस वडाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, पुल, विद्युत, वडा भवन लगायतका विकासका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । वडामा शैक्षिक सामाग्री उपलब्ध, प्रत्येक विद्यालयमा खेल मैदानको व्यवस्था ,सडक कालो पत्रे, फराकिलो सडक, स्वास्थ्य चौकीको निमार्ण, १५ वेड अस्पतालको व्यवस्था, ३ करोड लगानीमा कुलो निर्माण, कृषिमा विउ, मलको प्रशस्त मात्रामा उपलब्ध भएका कारण यहाँका स्थानीयमा सहजता पैदा भएको देख्न सकिन्छ । यस वडाले किसानका लागि प्रोत्साहन र १ घर १ धारा अभियान पनि चलाउँदै आइरहेको छ । साथै थारु साँस्कृतिक भवन निर्माणको लागि ५ लाख बजेट विनियोजन पनि गरिएको छ ।
यस वडामा सम्पूर्ण काम गर्दै जाँदा स्थानीयबाट अविश्मरणीय साथ, सहयोग पाएको र वडामा बाँकी रहेका कामहरु निर्माण चरणमा रहेको रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बैकुण्ठ कुवरले बताउनु भयो ।
वडामा चौतर्फि रुपमा विकासका कामहरु अगाडि बढेको देख्दा छिटै विकसित वडा बन्ने अपेक्षा गर्ने सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्