सुन्दरबजार नगरपालिका ३ द्धारा एक घर, एक विद्युतिय चुल्हो बितरण

सुन्दरबजार नगरपालिका ३ द्धारा  एक घर, एक विद्युतिय चुल्हो बितरण
सुन्दरबजार नगरपालिका वडा न. ३ को आर्थिक बर्ष ०७७/७८ को योजना तथा कार्यक्रम अन्तर्गत एक घर एक बिधुतिय चुल्हो बितरण  कार्यक्रम सम्पन्न भएको छ।सुन्दरबजार नगरपालिकाका उप प्रमुख ज्ञानु शाहको प्रमुख आतिथ्यतामा स्थानिय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि बुद्धिजिबि समाजसेबी र सम्पुर्ण वडा बासिहरुको उपस्तिथिमा निशुल्क बिधुतिय चुलो बितरण गरिएको वडा सचिव शिव श्रेष्ठले बताउनु भयो।स्थायी रुपमा वडा भित्र बसोबास गर्ने यहि चुलो बालेर खाने घरपरिवारलाई पहिलो प्राथमिकता र फागुन मसान्त सम्म बसाइँसराइ गरि यस वडामा बसोबास गर्ने घरपरिवार र ,स्थानिय स्तरमा रहेका सरकारी संघ सस्थालाई दोस्रो प्राथमिकतामा राखी ५०० वटा बिधुतिय चुलो बितरण गरेको वडा अध्यक्ष अमृत न्यौपानेले बताउनु भयो।कार्यक्रमका प्रमुख अतिथी ज्ञानु शाहले शुभकामना मन्तव्य राख्दै अन्य वडामा भन्दा फरक किसिमको जनताले पुर्ण लाभलिने कार्यक्रमहरु भैरहने,शिक्षा स्वास्थ सुरक्षा को सम्बन्धमा सु सम्पन्न वडा भएको बताउनुभयो।बिधुतिय चुलो को प्रगोग गर्ने तरिकाको बारेमा जानकारी दिदै यो ठाउको लागि अत्यन्तै लाभदारहेको वडा सदस्य कृष्ण प्रसाद अधिकारिले बताउनु भयो।बिधुतिय चुलो बितरणको लागि आ ब ०७७/७८ मा वडा कार्यलयले रु दस लाख बिनियोजन गरेको थियो।निशुल्क रुपमा बिधुतिय चुलो पाए पछि स्थानिय वडा बासिहरुले खुसी व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्