२० युनिटसम्म विजुली प्राधिकरणले निशुल्क दिए, KREC ले के गर्छ ?

२० युनिटसम्म विजुली प्राधिकरणले निशुल्क दिए, KREC ले के गर्छ ?

नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सपथ लिएकै दिन देखि गरिवीको रेखामुनी रहेका नागरिकहरुलाई राहत हुने भन्दै २० युनिटसम्मको विजुली निशुल्क गर्ने तयारीलाई तिब्रगतिमा अगाडि बढाईरहदा विशेषगरि, दोलखास्थित, नेपालकै नमुना विद्युत सहकारीको परिचय बनाएको खिम्ती ग्रामिण विद्युत सहकारी संस्था (KREC) जस्ता निकायहरुमाथि निशुल्क विद्युत उपलब्ध गराउन दबाब बढ्ने देखिन्छ ।
करिव १ मेघावाट क्षमताको KREC ले हाल २० युनिट विद्युत निशुल्क दिएमा उसलाई मासिक करिव ७ लाख जति घाटा हुने देखिन्छ । यसले उक्त संस्थाको संचालनमा थप चुनौति थपिने निश्चित नै छ । हाल पनि सो संस्थाबाट, दोलखा र रामेछापका प्रभावितको सूचिमा पर्ने साविकका एउटा गाविसका १८ घरधुरीले निशुल्क विद्युत उपभोग गरिरहेका छन् ।


सो संस्थाको संचालक समितिका अध्यक्ष शेर बहादुर खड्का, सरकार र उर्जा मन्त्रीले अगाडि बढाएको योजना आफैमा राम्रो सुरुवात भएपनि धेरै चुनौतिहरु रहेको देख्नु हुन्छ । अध्यक्ष खड्काले विस्तारै निशुल्क विद्युत दिनेको संख्या बढाएर राम्रो बोनस रकम दिने तयारीमा संस्था अगाडि बढेको बताउनु हुन्छ । बोनस रकम २० युनिट निशुल्क भन्दा बढि हुने अध्यक्ष खड्काको दाबी छ ।

 

समितिका उपाध्यक्ष, भुवन केसी, उर्जा मन्त्रालयले अगाडि बढाएको २० युनिट विद्युत निशुल्क दिने योजना लागु हुन नसक्ने तर्क गर्नु हुन्छ । उहाँका अनुसार विगतको घाटालाई कम गरेर संस्थाको आम्दानी वृद्धिका लागि प्रभावकारी योजनाहरु अगाडि बढिरहेकाले सरकारले दिएमा KREC ले पनि २० युनिट निशुल्क दिन सक्ने उहाँको दावी छ । यसका लागि समय लाग्ने  छ ।

अध्यक्ष खड्काले करिव १ मेघावाट क्षमताको झाक्रे २ परियोजना बनाएर १ वर्षमै सम्पन्न गर्ने योजना अगाडि बढे पनि कोरोनाको महामारीले डिपिआरको काम मात्रै सम्पन्न भएको बताउनु भयो ।
यसका लागि सम्बन्धित निकाय तथा लगानीको खोजीमा सक्रियतापूर्वक लागि रहेको अध्यक्ष खड्काको तर्क छ । यदि, झाक्रे २ परियोजना सम्पन्न भएमा KREC ले सेयर सदस्यहरुलाई निशुल्क विजुली र बोनस पनि दिने क्षमता राख्ने उहाँको दावी छ ।

प्रतिक्रिया दिनुहोस्