सहरेको विकासमा नेता र सांसदको संयुक्त प्रतिवद्धता

सहरेको विकासमा नेता र सांसदको संयुक्त प्रतिवद्धता

२५ साउन, दोलखा । नेकपा माओवादी केन्द्रले शहरे–काठमाडौ सम्पर्क मन्च कमिटी गठन गरेको छ ।

तामाकोसी गाउँपालिका वडा नं. ५ शहरेका ईन्द्र केसीको संयोजकत्वमा १३ सदस्यिय कमिटी गठन गरिएको हो । कमिटीको सदस्यहरुमा राजकुमार सुवेदी, राजकुमार रोक्का, केशब अधिकारि, कौशिला केसी, मनोज बजगाईं, प्रदिप गौतम, शिव श्रेष्ठ, सुनिता अधिकारि, सुजन खड्का, कुमार भट्टराई, राजेन्द्र रोका र ईन्दिरा खाती रहनु भएको छ ।

कमिटी गठन एंव दोलखाका अगुवा कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्रका बागमति प्रदेश सांसद विशाल खड्का, नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज देवि खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा कार्की ‘विश्व’, माओवादी केन्द्र तामाकोसी गाउपालिका इन्चार्ज सन्तोष केसी, जिल्ला सचिवालय सदस्यहरु शम्भु फुयाँल र उपेन्द्र अधिकारी सहित जिल्ला सदस्य उद्धव खाती, सम्पर्क मञ्चका द्रोण प्रताप केसी र नवप्रवेशी प्रदिप कुमार भट्टराई, ध्रुव केसी र राजन भट्टराई लगायतको सहभागीता रहेको थियो ।

भेलालाई संवोधन गर्दै बागमति प्रदेश सांसद खड्काले दोलखाको विकासको लागि आफुले सक्दो पहल गर्दै अगाडि बढने बताउनुभएको छ । आफुले शहरेको विकासकालागी पनि विभिन्न योजनाहरु अघि सोरेको उहााको भनाई छ ।

माओवादी केन्द्र दोलखाका इन्चार्ज खड्काले सहरेको विकासनै दोलखाको विकास भएकोले सहरेको विकासमा कुनै कसुर बाँकि नराखिने बताउनुभयो । उहाँले सहरेका जनता आ–आफनो क्षेत्रबाट जुटन सके सहरेको विकासले फड्को मार्ने समेत बताउनुभयो । शहरेमा माओवादी केन्द्रको संगठन पनि पहिले भन्दा बलियो बन्दै गएको उहाँको भनाई थियो ।

माओवादी केन्द्र अब गाउँगाउँबाट सक्रियताका साथ जुट्नु पर्ने बेला आएको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी अतिथिहरुले शहरे–काठमाडौ सम्पर्क मन्च कमिटीका संयोजक एंव सदस्यहरू लाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्