शहरेमा माओवादी केन्द्रको बढ्दो प्रभाव

शहरेमा माओवादी केन्द्रको बढ्दो प्रभाव

दोलखा । स्थानिय तहमा माओवादी केन्द्रले प्रभाव जमाउन नसकेको गुनासो आईरहेका छन । पछिल्लो समय नेकपा माओवादी केन्द्र छोडेर लाखापाखा लाग्ने नेता कार्यकर्ताहरुका कारण जिल्ला जिल्लामा माओवादी केन्द्रको संगठन कमजोर भईरहेको छ ।

तर  दोलखा जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. ५ शहरेमा भने माओवादीको केन्द्रको प्रभाव बढ्दै गईरहेको  देखिन्छ । । शहरेमा पहिले देखिनै माओवादी केन्द्रका सदस्यहरु क्रियाशिल रहदै आएका छन । उनिहरुकै प्रभावका कारण अहिले शहरेमा अन्य पार्टीहरु परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने युवाहरुको ताँती लागेको छ । गत साउन २२ गते शुक्रबारमात्रै नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहरेका युवाहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको छ ।

नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्च सदस्य, युवा निर्माण व्यवसायी एवं तामाकोसी– ५ शहरेका सक्रिय कम्युनिष्ट पार्टीमा आवद्द रहनुभएका अनुभवी क्रियाशिल व्यक्तित्वहरुलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नु भएको हो । शहरेका जुझारु युवाहरु धुर्व केसी, राजकुमार भट्टराई (राजन) लगायतका व्यक्तित्वहरुको उपस्थितिले नेकपा माओवादी केन्द्र, शहरेले अभिभावक प्राप्त गरेको नेता शम्भु फुँयालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्