समृद्ध गाउँपालिका निर्माणको अभियानमा जुट्दै छौं: नगर प्रमुख चन्द

समृद्ध गाउँपालिका निर्माणको अभियानमा जुट्दै छौं: नगर प्रमुख चन्द

कविता पोखरेल
माघ २२, बेदकोट नगरपालिका । स्थानीय सरकार गठन भएको छोटो समयमा नै केही स्थानीय तहहरुमा विकासको काम तिव्रगतिमा भइरहेको छ । यिनै, स्थानीय तहहरु मध्ये एउटा उदाहरण कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका पनि हो । सुन्दर नगरपालिका निर्माणको लक्ष्यसहित अगाडी बढीरहनु भएका नगरका, नगर अशोक कुमार चन्दको योजना र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ ।

बेदकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले निकै सम्भावना बोकेको स्थान भएकोले पर्यटकहहरुलाई आर्कषण गर्नको लागि नगरले भ्यू टावर र आवश्यक भौतिक संरचनाहरु निर्माण गर्नुका साथैं धार्मिक स्थलहरुको संरक्षण गरेको छौं नगरका, नगर अशोक कुमार चन्दले भन्नुभयो । किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको विउ विजन वितरण गरेको छ ।

स्थानीय जनशक्तिहरुलाई पशुपालनमा विशेष पहल गर्दै कृषि क्षेत्रमा पनि उल्लेखीय प्रगति गरेको छ । पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था देखि विद्यालयहरुमा आवश्यक संरचनाहरु निर्माण गरेको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउर्दै आएको छ ।

स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । यस्तै, पालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न हुनुका साथैं प्रत्येक वडाको सडकमा कालो पत्रे समेत भएको नगर प्रमुख चन्दले भन्नुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि नगरले आम नागरिकहरु समक्ष सचेतना गराएको थियो ।

बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुबिधा सम्पन्न क्वारेन्टाईन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं पी.सी.आर परीक्षण समेत गरको थियो । आगामी दिनमा सबैको साथ सहयोग मिलेमा नगर चाँडैं समृद्धिको उचाईमा पुग्ने नगरका, नगर प्रमुख चन्दले विस्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्