दिगो विकास र समृद्ध जीवनको परिकल्पनामा, धनुषाको धनौजी गाउँपालिका

दिगो विकास र समृद्ध जीवनको परिकल्पनामा, धनुषाको धनौजी गाउँपालिका

विकास निर्माण सम्बन्धी धेरै अधिकार स्थानीय सरकारले पाएसँगै त्यसको सदुपयोगका निम्ति जनप्रतिनिधिहरु लागी परेका छन् ।

स्थानीय सरकारले दिगो विकास र समृद्ध जीवनको परिकल्पना सहित सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विद्युत र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाईरहेका छन् । स्थानिय सरकारले सबै वडा कार्यालयमा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण जस्ता विकासका काम गर्दै आएका छन् । धनुषाको धनौजी गाउँपालिका पनि आफ्नो विकासको पूर्वाधार निर्माणका कामहरुमा अग्रसर भएर लागि परेको छ । सबै वडाहरुमा सडक विस्तार तथा स्तरोन्नती गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष बद्रि नारायण सिंहले जानकारी दिनुभयो । गाउँपालिका भवन निर्माणको काम भइरहेको छ भने वडा कार्याहरुले भवन निर्माण गरि सेवा संचालन गरिरहेका छन ।

गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको सहज पहँुच पुर्याउन गाउँपालिकाको पहलमा ५ वटा स्वास्थय ईकाई स्थापन गरिएको छ । यस्तै एउटा आर्युबेदिक अस्पताल समेत संचालनमा रहेको छ ।
गाउँपालिकाको केन्द्रबाट सबै वडामाहरु सडक संजाल बिस्तार गर्ने योजना बनाएको धनौजी गाउँपालिकाले ति सडकहरुलाई बाह्रै महिना गाडि चल्न सक्ने गरि बिस्तार गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएको गाउँपालिकाले कृषकहरुलाई अनुदान दिने ब्यवस्था पनि गरेको छ । यस्तै, कृषिलाई आयआर्जन मुलक पेसा बनाउन गाउँपालिकाले बिभिन्न पहलहरु गरिरहेको छ । गाउँपालिकाले खानेपानिको सुविधाकोलागी प्रत्यक वडामा डिप वोरिङ जडान गरेको छ । पर्यटनलाई बिशेष जोड दिएको गाउँपालिकाले पर्यटकिय स्थलहरुको पहचिान गरि प्रचार प्रसार गर्ने योजना बनाएको छ । गुणस्तरिय शिक्षामा जोड दिएरको गाउँपालिकाले प्राविधिक शिक्षा गाउँपालिकास्तरकै बिद्यालयहरुमा पढ्न सकिने ब्यवस्था गरेको छ । गाउँपालिकाका युवाहरुलाई स्थानियस्तरमानै स्वरोजगार बनाउन धनौजी गाउँपालिकाले बिभिन्न किसिमका सिपमुलक तालिमहरु दिने गरेको छ । यस्ता समग्र कुराहरुलाई नियाल्ने हो भने, सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अध्यक्ष सिंह बताउनुहुन्छ । गाउँपालिकाले ५ बर्ष भित्र दिगो विकास र समृद्ध जीवनको परिकल्पना गरेको उहाँले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर धनौजि गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि विहादी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष सिंहको योजना छ ।

प्रतिक्रिया दिनुहोस्