विकासको गतिबिधीमा अग्रसर मकवानपुरको मनहरी गाँउपालिका

विकासको गतिबिधीमा अग्रसर मकवानपुरको मनहरी गाँउपालिका

मकवानपुरको मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतिले गाँउपालिकाको विकासको लागि आफु प्रतिबद्ध भएर लागिपरेको बताउनु भएको छ ।

पुर्बाधारको क्षेत्रमा भएका गतिविधीहरुको चर्चा गर्दै अध्यक्ष उप्रेति भन्नुहुन्छ, कच्ची सडकका कारण स्थानीयले सास्ती खेप्नुपरेपछी गाउँपालिकाले सडक पक्की निर्माण गर्ने अभियान अन्र्तगत सडकको क्षेत्रमा उल्लेख्य काम गरेको छ । गाउँपालिकाले हामलसम्म ५ वठा पक्कि पुल निर्माण गरिसकेको छ । मनहरि गाँउपालिका पर्यटकिय हिसाबले उच्च सम्भावना बोकेको गाँउपालिका हो । जहाँ मनहरि पिस पार्क , मनकामना मन्दिर , भ्यु टावर रहेका छन । यस मनहरि पिस पार्कलाई पर्यटकिय रूपमा अगाडि बढाउन बगैँचा निर्माणको लागि आँप , लिचि , कटहरका बिरूवाहरूको वितरण गरिएको छ । यस ठाँउलाई पिकनिक स्पोर्ट बनाउने उद्देश्यले पोखरी निर्माण , गुम्बा निर्माण लगाायतका कामहरू पनि भईरहेका छन । भने बोटे जातीहरूको लागि एकिकृत नमुना बस्तीको निर्माण हुन लागेको साथै बनकरिया जातीको घरमा होमस्टे निर्माण गर्ने संकल्प अध्यक्ष उप्रेतीले गर्नुभयो । यस्तै कृषिको क्षेत्रमा अनुदानमा माटो बुर्बुर पार्नै मेशिन , १५ वटा पानी तान्ने मोटर हाते ट्रयाक्टर ,जस्ता उपकरणका साथै च्याउ खती ,टनेल खेतीमा पनि गाँउपालिकाले सहयोग गरिरहेको छ । पशुपालन गर्ने किसानहरुलाई गोठसुधारको कार्यक्रम , प्रतिलिटर दुधमा एक रूपैया अनुदान , १० भन्दा बढि बाख्रापालन गर्नैलाई एउटा बिउको बोका वितरण एउटा गाई खरिद गरेबापत आधा रकमको ब्यवस्था गाँउपालिकाले गरेको छ । साथै १०० जना आमाहरूलाई सेवा दिनेगरी आमाघरको निर्माण गरेको जहाँ परिवारविहीन आमाहरूलाई सेवा दिएर उदाहरणीय काम पनि गाँउपालिकाले गरिरहेको छ ।

गाउँपालिका भवन सँगै वडा कार्यालयहरु पनि निर्माणको चरणमा रहेका छ । गाउँपालिकामा रहेका भोट जातिहरुलाई घर निर्माण गरिदिने अभियानमा गाउँपालिका लागि परेको छ । अपांग, बिपन्न, महिला लक्षित कार्यक्रम ल्याएर गाउँपालिकाले उनिहरुको जिवनस्तर माथि उकास्न बिभिन्न पहलहरु गरिरहेको छ । गाउँपालिका भित्रै रोजगार मुलक कार्यक्रम ल्याएर मनहरि गाउँपालिकालाई समृद्ध बनाउने अभियानामा जुटेको अध्यक्ष उप्रतिको भनाई छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर मनहरि गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि मनहरि गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा गाउँपालिकावासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष उप्रेतिको योजना छ ।

प्रतिक्रिया दिनुहोस्