५ वर्षमा गाउँपालिकालाई सम्वृद्ध वनाउछौं: अध्यक्ष अहिर

५ वर्षमा गाउँपालिकालाई सम्वृद्ध वनाउछौं: अध्यक्ष अहिर

गढवा गाउँपालिकाबाट सेवाग्राहिहरुले के कस्तो सेवा पाईरहेका छन् ?

हामीले स्थानिय तह संचालन ऐन २०७४ अनुसार सेवा प्रदान गरी रहेका छौ , तर केहि वडा कार्यालयहरुमा कर्मचारीको अभावले गर्दा भने जस्तो सेवा वडा कार्यालयवाटै दिन सकेका छैनौ । हामी कर्मचारी ब्यवस्थापनमा लागि रहेका छौ । अहिले सचिव नभए पनि हामीले हामी संग भएका कर्मचारी लाई सचिवको हैसियतमा काम गर्ने गरि वडा कार्यालयमा खटाई सेवा दिईरहेका छौ । यसले केही हद सम्म सेवामा सहज भएको छ ।

तपाई निर्वाचित भएर आएपछि अहिले सम्म के कस्ता कामहरु सम्पन्न भए त ?

गढवा गाउँपालिकाको पहिलो गाउँसभा वाट पारित भएका योजना तथा कार्यक्रमहरु सम्पन्न भएका हिसावले करिव भौतिक निर्माणका योजनाहरु ६० प्रतिसत भन्दा वढी भइसकेको छ तर भुक्त्तानिका हिसावले भने २८ प्रतिशत मात्र देखिन्छ भने लक्षीत वर्ग अन्तर्गत ७ प्रतिशत मात्र सम्पन्न भएका छन् अरु काम भइरहेको अवस्था हो । प्रशासकिय अधिकृत १ महिना विदा वस्नु भएको र जिल्ला प्राविधिक कार्यलयले प्राविधिक नपठाएका कारण भुक्क्तानिमा समस्या भएको हो । अहिले भुक्त्तानि भईरहेको छ ।

गाउँपालिकाले विकासका योजनाहरु कसरि छनोट गरिरहेको छ ?

हामीले गढवा गाउपालिकालाई ४ वटा कलस्टरमा विभाजन गरि जनता माझ गएर योजनाहरु संकलन गर्ने काम गरेका छौं । त्यसलाई फेरी वडा तहमा छलफल गरी प्रथमिकताका आधारमा छनौट गरी गाउ कार्यपालिकामा पेस हुन्छ, अनि वैठकले पास गरि गाउँसभामा पेश भई योजना तथा कार्याक्रम लागु हुन्छ । हामी हाम्रा हैन् जनताका योजना तथा कार्यक्रम लाई प्राथमिकता दिने गर्छौ । जो उनिहरुको जिवन संग गासिएका पक्षहरु हुन्छ । विकास निर्माण देखि अन्य कार्यक्रमहरु जनताका हितमा भए भने त्यसले सकारात्मक नतिजा ल्याउछ , जसले गढवा गाउपालिकाको विकासमा टेवा पुग्ने आशा गरिएको छ । हामीले २ लाख सम्मका योजनाहरु वडा कार्यालय वाटै सम्झौता हुन्छ । योजना सम्पन्न भए पछि भुक्क्तानिका लागी गाउकार्यपालिकाले भुक्क्तानि दिन्छ । २ लाख भन्दा पढि रकम टेण्डर प्रकृया वाट काम हुन्छ । लक्षीत वर्गका कार्यक्रमहरु भने उभोक्ता समुह तथा गैर सरकारी संस्थाहरुले संचालन गर्ने गरेका छन् जस्को छनोट वडा कार्यालयहरुले नै आफै संचालनको जिम्मेवारी दिई काम गराई रहनु भएको छ ।
वडाकार्यलयका योजना तथा कार्यक्रमहरु वडाकार्यलयले नै गर्ने गर्छन् भने भुक्त्तानिका लागि मात्र गाउ पालिकामा आउनु पर्ने हुन्छ । यो पनि हामी संग कर्मचारी नभएको हुदा यस्तो समस्या हो मैले कर्मचारीका लागी प्रदेश सरकार संग पनि कुरा गरेको छु यो समस्या पनि छैटै हट्ने विश्वास गरौं ।

जनताले सिंहदरबारको अधिकार गाउँगाउँमा पाएका छन त ?

पाएका छन् जस्तो लाग्छ मलाई, धेरै प्रसासनिक कामको लागी अहिले घोराही जान पर्दैन् , प्रशासनका केही काम गाउपालिकामै हुन्छ । २ लाख सम्मका योजनाहरु वडामै सम्झौता हुन्छ , त्यो भन्दा वढी मात्र गढवा गाउपालिका ले गर्ने गरेको छ । रकमका लागी मात्र गढवा गाउपालिकामा आउनु पर्ने वाध्यता हो । यस अनुसार पनि संघिय संरचना अनुसार केही हद सम्म पुराभएको मैले महशुस गरेको छु । यसो भन्दै गर्दा सवै पुरा भएको भने हैन अझ काम गर्न जरुरी छ जस्ले जनताले प्रत्यक्ष रुपमा यसको आभाष गर्न सक्नु पर्छ ।

तपाईहरुले निर्वाचनको बेला गरेका प्रतिवद्धता अनुसार कतिको काम  भएका छन त ?

हामीले चुनावि समयमा गरेको प्रतिवद्धता अनुसारनै काम गरिहेका छौ । हामीले चुनावमा विकासका कुरा उठाएका शिक्षा ,स्वास्थ्य,पानि ,रोजगार लगायतका विषयमा काम गर्ने योजना सार्वजनिक गरेका थियौ । हामीले त्यहि कामका लागी गुरु योजना वनाउने काम थालेका छौं । विज्ञ समुहहरुको समुह वनाई समग्र गढवा गाउपालिकाको विकासका लागी योजना वनाई कार्यवन्यन गर्नेमा हामी लागेका छौ । त्यहि कुरा हामीले पहिले निर्वाचनको बेला बोली सकेका छौ ।

अहिले सम्म भन्नलायकका केके काम गर्नुभयो ?

हामिले निर्वाचि भएर आए सँगै गाउँपालिकाको सिंचाई, खानेपानि, सडक,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित भएका काम गरेका छौं । सडकको स्तोरन्नती, कालोपत्रे र नयाँ ट्रयाक खोल्नेकाम भईरहेको छ । गुणस्तरिय शिक्षमा जोड दिएर हामिले काम गरेकै कारण अहिले सामुदायिक बिद्यालयहरुको पठनपाठन राम्रो छ । हामि निर्वाचित भएर आएसँगै १ घर १ चापाकलको निर्मा गरेका छौं । फुसको छानो हटाएर टिनको छानो लगाउने अभियानामा गाउँपालिका जुटेको छ । पर्यटकिय क्षेत्रलाई अघि बढाउन विभिन्न योजना हरु ल्याएका छौं ।

अगामि दिनहरुमा समृद्ध गढवा गाउँपालिका निर्माण गर्न के कस्तो योजना बनाउनु भएको छ ?

गढवा गाउपालिकाको पहिलो काम कोइलावास सडग पक्की र नाका संचालन गर्ने प्राथमिकतामा राखेका छौ । दोस्रोमा राप्ति नदिको पानी किसानका खेत सम्म सहज र प्रयाप्त रुपमा सिचाई पुगाउन योजना वनाई लागु गराउने , नेपाल कृषि प्रधान देश हो हामी अझै पनि परम्परागत खेति प्रणालिमा काम गरी रहेका छौ अव अधुनिकिकरण गर्न जरुरी छ त्यसका कारण हामी कृर्षि विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यालय स्थापना गर्ने छौ निशुल्क अध्ययनको ब्यवस्था मिलाउने छौ, गढवा गाउपालिकामा डाक्टरी सेवा सहित स्वास्थ्य सेवा विस्तार गर्ने , कालाकाटे देखि नेपालगञ्ज सम्मको सडग पक्की गर्ने र नियमिति यातायात संचालन गर्ने प्रकृया मिलाउने लगायत सम्वृद्ध गाउपालिका वनाउने हामीहरुको योजना हो ।

अन्त्यमा गढवा गाउँपालिका जनतालाइृ के भन्न चाहनु हुन्छ ?

हामी समग्र गढवा गाउपालिकाको विकासमा जुटेका छौ , कतै छुटन पनि सक्छ हामी लाई आफ्नै दाजु भाई भनेर प्रत्यक्ष रुपमा भेटेर भन्न जनताहरु लाई अनुरोध गर्दछु । अवको ५ वर्षमा हामी सबै मिलेर देशकै नमुनाको रुपमा यस गाउपालिकालाई चिनाउन लाग्नु पर्छ यो सबै गाउपालिका वासीको दायित्व पनि हो ।

प्रतिक्रिया दिनुहोस्