बाल विवाह न्युनिकरणको अभियानमा, रोल्पाको सुनछहरी गाउँपालिका

बाल विवाह न्युनिकरणको अभियानमा, रोल्पाको सुनछहरी गाउँपालिका

रोल्पाको सुनछहरी गाउँपालिका बाल विवाह न्युनिकरणको अभियानमा लागेको छ ।बालविवाहले उनीहरुलाई शिक्षावाट वञ्चित गराउनुको साथै अर्निणयको बन्दी बनाउने हुनाले गाउँपालिकाले उक्त अभियान चलाएको हो । बालविवाहले मातृ स्वास्थ्य तथा उनीहरुको स्वास्थ्यमा असर गर्ने र घरेलु हिंसा बढाउन उत्तिकै भुमिका खेल्ने गाउँपालिका अध्यक्ष आश बहादुर पुन मगरको बुझाई छ ।

उहाँका अनुसार गाउँपालिकाले किसानहरुलाई ब्यवसायीक खेतिमा आकर्षित गर्न कृषिमा अनुदान, तालिम दिने ब्यवस्था गरेको छ । गाउँपालिका अगुवा कृषकहरुलाई उन्नत जातको पशुहरु वितरण समेत गरेको छ । आगामी दिनमा पनि अन्य किसानहरुलाई गाई वितरण गर्ने योजना रहेको अध्यक्ष मगरले बताउनुभयो । गाउँपालिकाले जनताको जिवनस्तर सुधार ल्याउने बिभिन्न कार्यक्रमहरु पनि गरिरहेको छ । । गुणस्तरिय शिक्षामा जोड दिएको गाउँपालिकाले शिक्षामा अनुदान र शिक्षकहरुको बृद्धि विकासको लागी बिभिन्न तालिम कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिको आफ्नै सुविधा सम्पन्न भवन निर्माणको तयारि भइरहेको छ । वडाकार्यालय भवनहरु केहि निर्माण भईसकेका छन भने केहि निर्माणधिन चरणमा रहेका छन । गाउँपालिकाले भौतिक पुर्बाधारमा पनि उल्लेखनिय प्रगति गरेको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा सम्पुर्ण वडाहरुमा स्वास्थ्यचौकीको निर्माण गरिएको छ । गाउँपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान सन्चालन गरि काम गरिरहेको अध्यक्ष मगरले जानकारी दिनुभयो । यस्तै सम्पुर्ण वडाहरुमो सिंचाईको सुविधा पुर्याउन गाउँपालिकाले बिशेष प्राथमिकता दिएको छ । गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर सुनछहरी गाउँपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्