किसानलाई आत्मनिर्भर बनाउँदै कुमाख गाउँपालिका

किसानलाई आत्मनिर्भर बनाउँदै कुमाख गाउँपालिका

किसानलाई फलफूल र नगदेबालीमा आत्मनिर्भर बनाउन सल्यान जिल्लाको कुमाख गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका भित्रका ठाउँ अनुसार फलफूल र नगदेबालीको पकेट क्षेत्रका रुपमा विकास गरे विशेष कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका १ स्विकोटमा सुन्तला पकेट क्षेत्र, वडा नं ६ वडागाउँको थापाचौरमा आँप र भुई कटर पकेट क्षेत्र बनाएर कार्यक्रम भई रहेको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन। यस्तै वडा नं १ र ४ बदाम पकेट क्षेत्र, अदुवा बेसारको पकेट क्षेत्र, वडा न ७ टिमुर पकेट क्षेत्र, वडा नं ५ को कौक्षे मौसमी तथा बेमौसमी तरकारी पकेट क्षेत्र, वडा नं ६ बडागाउँ अलैची पकेट क्षेत्र निर्धारण गरिएको अध्यक्ष बुढाको भनाई छ। पकेट क्षेत्रलाई व्यवस्थित गर्न उचित बजेट विनियोजन गरिएको उनको भनाई छ। ठुलो मात्रामा फलफूल र नगदे बालीमा लागेका किसानलाई लक्षित गरी अनुदानको समेत व्यवस्था गरिएको बुढाले बताइन्। किसानलाई अनुदान दिन गाउँपालिकाले अनुगमन गर्ने र त्यसपछि मात्रै अनुदान दिइने उनको भनाई छ।

किसानको जीवन स्तरमा उकास्न नसक्दासम्म गाउँपालिकाको समृद्धि सम्भव नभएकाले कृषिलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ। उनले भनिन् ु जवसम्म कृषि छ। तवसम्म जीवन रहन्छ। उचित प्रविधिको प्रयोग गर्न सकियो भने कृषिले औद्योगिकलाई पनि मात खुवाउन सक्छ। कृषि पेशालाई हरेक किसानको आशाको केन्द्रको रुपमा लिदै आए पनि कृषि व्यवसायलाई उचित अवसर र मूल्यांकन यसले आशातित प्रतिफल दिन नसकेको उनले बताइन्। कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने भन्दा कृषकलाई कृषिमा जीवन छ भन्ने देखाउनका लागि पनि पकेट क्षेत्र निर्धारण गरी अघि बढेको गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैशीले बताए।

कृषि पेशालाई सम्मानित पेशा बनाउन पनि पकेट क्षेत्र कार्यक्रम प्रभावकारी हुने उनको विश्वास छ। कृषि पेशालाई हालसम्म सम्मानित पेशा बनाउन सकिएको छैन। हामी नेपालीलाई विदेशीको गुलामी गर्न मञ्जुर छ तर स्वदेशमै बसी कृषिकर्म गर्न स्वीकार्य छैन। उनले भने,ु विदेशमा पसिना बगाउन तयार हामी नेपालमै कृषि व्यवसाय गर्न इज्जत र प्रतिष्ठा गुमेको महसुुस गर्छौ। कृषि पेशालाई प्राथमिकता दिन विशेष कार्यक्रम ल्याएका छौं। गाउँपालिकाले कृषि क्षेृत्र सँगसगै सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि बिशेष जोड दिएर काम गरिरहेको छ । स्वास्थ्यको क्षत्रेमा भर्खरै ५ शैयाको अस्पताल शिलान्यस निर्माणको चरणमा रहेको छ । शिक्षाको क्षेत्रमा पनि गाउँपालिकाले उल्लेख्य प्रगति गरेको छ । प्रवधिक शिक्षा जोड दिएको गाउँपालिकाले भवन निर्माण र गुणस्तरिय शिक्षा दिने प्रयास गरिरहेको छ ।

गाउँपालिकाको आफुनै भवन र वडाका कायाृलय भवनहरुके निर्माण सम्पन्न भई सेवा संचालन भइसकेकोछ । विश्वभर फैलिएको कोरोना महामारीको असर कुमाख पालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न नगरपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि कुमाख गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै कृषि सँगसँगै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने गाउँपालिका अध्यक्ष बुढाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्