समृद्धिको बाटोमा, म्याग्दीको मालिका गाउँपालिका

समृद्धिको बाटोमा, म्याग्दीको मालिका गाउँपालिका

स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका स्थानीय तहहरु विकासको मार्गतर्फ तिब्रगतिमा अगाडि बढिरहेका छन् । यिनै मध्येको एउटा उदाहरण, गुल्मीको मालिका गाउँपालिका पनि हो ।

समृद्ध मालिका गाउँपालिका बनाउने लक्ष्यसहित अगाडि बढिरहनु भएका गाउँपालिका अध्यक्ष रित बहादुर थापाको योजना र त्यसको कार्यान्वयको रणनिति पनि त्यतिकै अनुकरणिय नै छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनताहरुकै भएको अध्यक्ष थापाा बताउनु हुन्छ । गाउँपालिकालेसम्पुर्ण वडामाहरुमा सडकको सहज पहँच पुर्याएको छ । यस्तै स्वास्थ्यको क्षेत्रमा १५ शैयाको कोभिड अस्पताल संचालनमा रहेको छ । ८ वटै वडामा बर्थिङ सेन्टर संचालन गरिएको छ । चौबिसै घण्टा एम्बुलेन्स तयारि अवस्थामा राखिएको छ भने गर्भवति महिला सुत्केरि हुेन बेला निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गरिएको छ ।

खानेपानिको सुविधा सम्पुर्ण नागरिकहरुलाई पुर्याउन १ घर १ धाराको अभियान सुरु गरिएको छ । सडकको क्षेत्रमा सम्पुर्ण वडाहरुमा १२ महिनानै यातायात चल्न सक्ने सडकहरु निर्माण गरिएको छ । मालिका रिङरोडको ९० प्रतिशत काम सम्पन्न भईसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो । जसबाट गाउँपालिकाबासिलाई प्रत्यक्ष फाईदा पुग्ने आशा गरिएको छ । गाउँपालिकाले बाख्रा विकास योजना अन्र्तगत ४ करोडको लगानिमा बिपन्न तथा गरि घर परिवारलाई बाख्रा बितरण गरेको छ । १ हजार दाँते ओखरको बिरुवा समेत बिरतण गरिएको छ । यसलाई अझै प्रभावकारि रुपमा अझै धेरै बितरण गर्ने योजना रहेको छ । किसनहरुलाई होसल्ला दिन गाउँपालिकाले कृषि उपज कार्यक्रम संचालन गरेको छ ।
गुणस्तरिय र प्रविधकि शिक्षा जोड दिएको गाउापालिकाले शिक्षा क्षेत्रमा शिक्षकलाई तालिमको ब्यवस्था गर्दै आएको छ ।

मालिका मन्दिरको प्रवेशद्धार निर्माण गर्ने गाउँपालिकाको योजना छ । पर्यटन क्षेत्रलाई विकास गर्न गाउँपालिकाकै सहयोगमा प्याराग्लाईडिङ संचालनको तयारि भइरहेको छ । ३ करोडभन्दा बढि लगानिमा आकाशेपुलको निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । बिद्युतको क्षेत्रमा ४ वडामा बिद्युत बिस्तार भईसकेको छ भने बाँकि वडाहरुम पनि यसै बर्ष भित्र बिस्तार गरिने गाउँपालिकाको योजना छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर मालिका गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि विहादी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष थापको योजना छ । गाउँपालिकाको सम्पुर्ण जनतामा सकरात्मक सोचको विकास गरि रोजगार मुलक कार्यक्रम ल्याउने अध्यक्ष थापाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्