१ वडा १ कृषि पकेट क्षेत्र घोषण गर्दै धनकुटाको महालक्ष्मी नगरपालिका

१ वडा १ कृषि पकेट क्षेत्र घोषण गर्दै धनकुटाको महालक्ष्मी नगरपालिका

धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगरका हरेक घरलाई उज्यालो बनाउँने उद्धेश्यले नगरपालिकाले यसै आर्थिक बर्षदेखि यो अभियान सुरु गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिनुभयो ।

कृषि, उध्यम, व्यापार, पर्यटन र स्वरोजगार दीगो शान्ति, सुशासन र समृद्द महालक्ष्मी नगर भन्ने मुल नाराका साथ महालक्ष्मी नगरपालिका बिकासको कामहरुमा लागी परेको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गरि महालक्ष्मी नगरपालिकाले यस आर्थिक बर्ष २०७७–७८ को बजेट मै कृषि, पर्यटन, पुर्वाधार र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । महालक्ष्मी नगरपालिकाले यस आर्थिक बर्षका लागि ५८ करोड ७४ लाख ६ हजार ७५० रूपैयाँ विनियोजन गरेको थियो । जसमा कृषि, पर्यटन, पुर्वाधार, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको महालक्ष्मी नगरपालिका धनकुटाले जनाएको छ ।

पेटभर खाएर बिदार्थीहरुलाई पढाईमा केन्द्रित गराउन महालक्ष्मी नगरपालिका धनकुटाले आफ्ना नगरका बिद्यालयहरुलाई २ हजार १ सय वटा खाजा बोक्ने ‘टिफिन क्यारी’ समेत वितरण गरेको छ । ‘घरमा जे पाक्छ बिद्यालयमा त्यहि खान्छ खाजा’ अभियान ल्याउन नगरले नर्सरी देखि कक्षा ३ सम्मका बिद्याथीहरुलाई खाजा बोक्ने ‘टिफिन क्यारी’ वितरण गरिएको हो । घरकै स्वस्थ्य खाजा खाने बानिको बिकास गरेर बिद्यार्थीहरुलाई पढाईमा केन्द्रित गराउन उक्त अभियान ल्याईएको मेयर पर्शुराम नेपालले जानकारी दिनुभयो ।

महालक्ष्मी नगरपालिकाले नगर क्षेत्र भित्र रहेका वृद्ध वृद्धाहरुलाई हट ब्याग र लौरो वितरण गरेको छ । पहिलो चरणमा २८० वृद्ध वृद्धाहरुलाई तातोपानि हालेर सेक्नको लागि प्रयोग गरिने हट व्याग वितरण गरिएको नगर प्रमुख नेपालले बताउनुभयो । उहाँका अनुसार यो अर्थिक वर्षमा सबै वृद्ध वृद्धाहरुलाई वितरण गर्न नसके पनि नगरपालिकाले आगामि आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरप्रमुखले नेपालले भन्नुभयो – “नगर क्षेत्र भित्र रहनु भएका वृद्ध वृद्धाहरुलाई आथिर्क चापका कारण समस्या हुने भएकाले केही हद सम्म सहयोग पुगोस भन्ने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । ”

कृषि र पशुपालनमा जोड दिएको नगरपालिकाले १ वडा १ कृषि पकेट क्षेत्र घोषणा गर्ने याजना बनाएको छ । नगरले सम्पुर्ण वडाहरुलाई नगरपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माण गरेको छ । गुणस्तरिय र प्राविधिक शिक्षामा जोड दिएको महालक्ष्मी नगरपालिकाले बिद्यालयहरुमा खेल सामाग्री, कम्युटर प्रोजेक्टर वितरण गरेको छ । स्वास्थ्य सेवाको पहँुच सम्पुर्ण नगरवासिहरुमा पुर्याउन नगरले १५ शैयाको अस्पताल भवनको शिलान्यास गरि निर्माण कार्य अघि बढाईसकेको छ ।
नगरपालिकाको भवन र वडा कार्यालयहरुको भवन पनि यसै आर्थिक बर्षभित्र बनाईसक्ने लक्ष लिर्ईएको छ । विश्वभर फैलिएको कोरोना महामारीको असर महालक्ष्मी नगरपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरपालिका लागि परिहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगर प्रमुख नेपालको योजना छ ।

प्रतिक्रिया दिनुहोस्