सुर्नया गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पग्दैं

सुर्नया गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पग्दैं

कविता पोखेल
माघ १६, सुर्नया गाउँपालिका । बैतडी जिल्लाको सुर्नया गाउँपालिकाको सम्पूर्ण वडामा स्वास्थ्य सेवाको पहुच पुग्ने भएको छ । आम नागरिकहरुको जनस्वास्थ्यलाई मध्येनजर गर्दै पुर्ण रुपमा स्वास्थ्य सेवाको पहुच पु¥याउने योजना भइरहेको पालिकाका, अध्यक्ष, बीर बहादुर विष्टले भन्नुभयो । उक्त योजनाले विगतको जस्तो सानोतिनो उपचारको अन्य ठाउँमा जान पर्ने बाध्यता हट्ने र आम नागरिकहरु यसबाट प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष विष्टले विस्वास व्यत्ति गर्नुभयो ।

यस्तै, स्थानीय सरकारको व्यवस्थापन पछि पालिकामा अन्य भौतिक पूर्वाधाहरुको काम पनि तिव्र गतिमा भइरहेको छ । पालिकादेखि वडा कार्यालयसम्म जोड्ने मुख्य सडक निर्माण गर्नुका साथैं निर्माण भएका सडकलाई आवश्यक सुधार गर्ने काम भइरहेको अध्यक्ष विष्टले बताउनु भयो । ऐतिहाकि र धार्मिक क्षेत्रको हिसाबले यो पालिका निकै सम्भावनायुक्त रहेको हुनाले आवश्यक संरचना निर्माणको काय भएको छ ।

विद्युतीय क्षेत्रको काम भने ८० प्रतिशत सम्पन्न भएको अध्यक्ष विष्टले भन्नुभयो । कृषि र शैक्षिक क्षेत्रमा पनि पालिकाले उल्लेखनीय प्रगती गरेको छ । सबै विद्यालयमा गुणस्तरीय र सर्वुलभ शिक्षा प्रदान गरेको छ भने कृषिकहरुलाई पशुपालनमा पहल गर्दै आएको अवस्था छ । “एक घर एक धारा” अभियान सञ्चलन गरी पालिकाको सबै वडामा खानेपानी पु¥याउने लक्ष्य राखेको छ । स्थानीय सरकारको व्यवस्थापन भएको साढे ३ वर्षको अवधिमा पालिकाका अध्यक्ष विष्टले चाल्नु भएको कदम र कार्यान्वयन उक्तिकै प्रणादायीक छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि आम नागरिकहरुलाई सचेतना गराएको थियो । बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय सुविधायुक्त क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अधयक्ष विष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्