जिल्लाकै समृद्ध बन्ने योजनामा बैतडिको पंचेश्वर नगरपालिका

जिल्लाकै समृद्ध बन्ने योजनामा बैतडिको पंचेश्वर नगरपालिका

बैतडि जिल्लाको पंचेश्वर नगरपालिका जिल्लाकै समृद्ध बन्ने योजनाका साथ अघि बढिरहेको छ ।
नगर प्रमुख गनेरख बहादुर चन्दका अनुसार नगरपालिकाले सडक, खानेपानि, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई नगरस्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगर प्रमुख चन्दले बताउनुभयो । उहाँका अनुसार कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिएको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरबासिमा पुर्याउन नगरपालिकाले २ करोडको लगानिमा ५ वटा स्वास्थ्य चौकी निर्माण गरेको छ । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ । साथै केही सडकलाई कालो पत्रे गर्ने कामपनि भइरहेको नगर प्रमुख चन्दले बताउनु भयो । नगरले आन्तरीक तथा बाह्य पर्यटन भित्राउन आवश्यक तयारी समेत गरिहेको छ । शैक्षिक क्षेत्रको बिकासको लागि नगरको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । कोरोना माहामारिमा नगरले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्