समृद्ध भद्रपुर नगरपालिका निर्माणको लागी गुरुयोजन बनाएका छौ: मेयर श्रेष्ठ

समृद्ध भद्रपुर नगरपालिका निर्माणको लागी गुरुयोजन बनाएका छौ: मेयर श्रेष्ठ

स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका केहि स्थानीय तहहरु विकासको मार्गतर्फ तिब्रगतिमा अगाडि बढिरहेका छन् । यिनै मध्येको एउटा उदाहरण, झापाको भद्रपुर नगरपालिका पनि हो ।

समृद्ध भद्रपुर नगरपालिका बनाउने लक्ष्यसहित अगाडि बढिरहनु भएका नगर प्रमुख जिवन कुमार श्रेष्ठको योजना र त्यसको कार्यान्वयको रणनिति पनि त्यतिकै अनुकरणिय नै छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनताहरुकै भएको नगर प्रमुख श्रेष्ठ बताउनु हुन्छ । नगरपालिका भित्रका बजार बिभिन्न चोकहरुमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । अब नगरमा हुने बिभिन्न अपराधिका कृयाकलाप देखि हरेक गतिबिधि क्यामेरामा कैद भईरहेने भएको अराजक र अपराधिक घटनामा कमि आउने आकलन गरिएको छ । प्रविधिको माध्यमबाट सेवा प्रवाह भईरहेको दृष्यले, यहाँका जनप्रतिनिधिको स्पष्ट भिजन र उत्कृष्ट कार्य शैलिलाई पनि झल्काउदछ । यस्तै नगरपालिकाले लघु, घरेलु तथा साना उद्योग पर्वदन केन्द्रको आयोजनमा ६० वटा सिपमुलक तालिम दिने तयारी पनि गरिहेको छ । उक्त तालिमबाट नगरपालिकास्तरमा दक्ष जनशक्ति उत्पादन हुने र बढि भन्दा बढि नागरिकहरु स्वरोजगार हुने आशा गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले गुरुयोजना बनाएर बिकास निर्माण कामहरु गरिरहेको छ । पर्यटन, कृषि, सडक, नमुना पार्क निर्माण, घाट निर्माण लगायतको भौतिक संरचनाहरु निर्माणाधिन अवस्थामा रहेका छन । यस्तै जेष्ठ नागरिक स्वास्थ्य संस्था निर्माणको काम पनि ७५ प्रतिशत सम्पन्न भएको छ । नगरपालिकाले मेचि अस्पताललाई पनि स्तोन्नती गर्ने योजना बनाएको छ । मेचिपुल निर्माण र नगरपालिका पर्ने एक मात्र बिमानस्थलको मर्मत गर्ने योजना पनि रहेको छ । गुणस्तरिय र प्राविधिक शिक्षामा जोड दिएको भद्रपुर नगरपालिकाले बिद्यालय भवन निर्माणको लागी पनि पहल गरिहेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिसकिएकोले अब कुनैपनि बालबालिकाले अभावमा बस्नु नपर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सडक निर्माण र बिभिन्न भौतिक संरचना निर्माणमा पनि नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ । २ वटा वडा कार्यालयको भवन निर्माण भईसकेको छ भने ३ वटाको निर्माण कार्य जारि रहेको छ ।
कृषि, पर्यटन, उद्योग, ब्यापार धार्मिक क्षेत्रलाई समेटेर नगरपालिकाले बिकासका कामहरुलाई अघि बढाएको छ ।  उहाँका अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु नगरपालिकाले पूरा गर्दै पनि आईरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर भद्रपुर नगरपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न नगरपालिका सफल भएको छ । कोरोना माहामारीमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि भद्रपुर नगरपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ ।

नगरमा विद्यमान रहेको समस्याहरु वारे सुझाव, सल्लाह र गुनासाहरु सुन्न हेल्प डेस्कको व्यवस्था गरिनुका साथै मेयर श्रेष्ठसँग प्रत्यक्ष आम नागरिक सिधै भेट्न सक्ने व्यवस्था समेत मिलाईएको छ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै स्मार्ट सिटीको रुपमा सुनवल नगरपालिकालाई अगाडि बढाउने योजना, नगर प्रमुख श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्