एक घर एक धारा निर्माणको अभियानमा, बाजुराको बुढीगंगा नगरपालिका

एक घर एक धारा निर्माणको अभियानमा, बाजुराको बुढीगंगा नगरपालिका

स्थानीय सरकार आएसँगै बाजुराको बुढीगंगा नगरपालिकाले विकास निर्माणको काममा उल्लेख्य प्रगती गरेको छ ।

नगरपालिकाकी उपमेयर तारा खाती थापाका अनुसार जनप्रतिनिधि निर्वाचित भएर आउपछि सडक, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा लगायत अन्य क्षेत्रमा नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ । नगरका युवाहरुलाई स्थानियस्तरमानै रोजगारि दिने उद्धेश्यले नगरपालिकाले सिपमुलक तालिमको ब्यवस्था गर्दै आईरहेको छ । यस्तै तरकारी खेती, कबुखुरा पालन, र पशुपालनमा तालिम र अनुदान दिने ब्यवस्था पनि गरिएको छ । नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सबै वडामा स्वास्थ्यको सहज पहुचको लागी नगरको पहलमा स्वास्थ्यचौकीको स्थापना गरिएको छ । सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षको लागि पहल गर्दै आइरहेको नगरले बिद्यालय भवनको निर्माणको पहल पनि गर्दै आएको छ । नगरपालिको भवन निर्माणको लागी तयारी भइरहेको छ । यस्तै वडा कार्याहरुको भवन , खेल मैदान लगायतको भौतिम संरचना निर्माणको चरणमा रहेका छन ।

बुढीगंगा नगरपालिकाले नगरपालिकाले १ घर एक धारा निर्माण योजना अगाडी सारेको । नगरपालिकाको चौथो नगरसभाबाटै नगरपालिकामा एक घर एक धारा निर्माण गर्ने निर्णय गरेको उप प्रमुख थापाले बताउनुभयो । त्यस्तै बुढीगंगा नगरपालिकाले समृद्ध नगर बनाउने उद्देश्यका साथ एक घर एक करेसाबारी कार्यक्रमलाई पनि अगाडी सारेको छ । आकासे पानी र खेर गइरहेको पानी संकलन गरी सिँचाई गर्ने प्रविधि विकासको लागि थोपा सिँचाई, प्लाष्टिक पोखरी जस्ता विशेष कार्यक्रम संचालन गरिने नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले निरन्तर रुपमा संचालन गरेको एक गाउँ एक प्राविधिक र कृषक पेन्सन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

कोरोना माहामारीको बेला नगरले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्