सडक निर्माणलाई तिब्रता दिदै, दाङको शान्तिनगर गाउँपालिका

सडक निर्माणलाई तिब्रता दिदै, दाङको शान्तिनगर गाउँपालिका

दाङ । शान्तिनगर गाउँपालिकाले प्रत्यक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम गरिरहेको छ ।

अध्यक्ष कमानशिंह डाँगीका गाउँपालिका समृद्धिको अभियान लागी परेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सबै वडामा स्वास्थ्य चौकी संचालनमा ल्याइएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा सडक विस्तारलाई पनि मुख्य प्राथमिकता पिच गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम भईरहेको छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि गाउँपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले शान्तिनगर गाउँपालिकाको मुहार फेरिन थालेको छ । अहिले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानि तथा सडक जस्ता विकासका पुर्वाधारहरुको निर्माण कार्य धमाधम जारी छ ।

विगतमा जनताहरुले खेपेको सास्ति अहिले स्थानिय तहको निर्वाचन पछि अन्त्य भइसकेको छ । सुन्दर र समृद्ध शान्तिनगर गाउँपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष डाँगीले बताउनुभयो ।

स्थानीय तह संचालनमा व्यावहारिक समस्या रहेको अध्यक्ष  डाँगी बताउनुहुन्छ । गाउँपालिकाले नै बनाउनु पर्ने नीति नियमहरु अहिलेसम्म बन्न नसक्दा हामीलाई काम गर्न समस्या त भएको छ तर जुन सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा छ, कानुन नहुँदा त्यो पूरा गर्न सकेका छैनौँ, उहाँले भन्नुभयो ।
नीतिगत समस्या ठूलो छ। यो मुलुकमा जेठो छोरो पहिला नजन्मिएर कान्छो छोरो पहिला जन्मिएर समस्या भोग्नुपरेको छ। अंश पाउने बेलामा पहिला कान्छालाई दियो तर जेठालाई दिएको छैन। हामीलाई स्थानीय सरकार संचालन ऐन, २०७४ दिइयो। संविधानले हामीलाई सबै हक अधिकार दिएको छ तर प्रदेश र संघका नियम कानुनहरू नबन्दा हामीलाई काम गर्न धेरै अप्ठ्यारो परेको छ। नमुना कानुन भनेर संघ र प्रदेशले हामीलाई पठाइदिए। त्यसैको अधीनमा रहेर हामीले अहिलेसम्म १७ वटा बनाएका छौँ तर अहिले ती कानुन लागू गर्न संघ र प्रदेशले कानुन नबनाउँदा नीतिगत समस्या भोग्नुपरेको छ। यद्यपि हामीसँग व्यावहारिक समस्या भने कुनै छैन, अध्यक्ष डाँगीले भन्नुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर शान्तिरनगर गाउँपालिकामा पनि परेको अध्यक्ष डाँगीले बताउनुभयो । । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका डाँगीको बुढाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्