विकासर समृद्धिमा अग्रसर, डोल्पाको मुड्केचुला गाउँपालिका

विकासर समृद्धिमा अग्रसर, डोल्पाको मुड्केचुला गाउँपालिका

डोल्पाको मुड्केचुला गाउँपालिकाले विकासका पुर्वाधारहरुको निर्माणमा उच्च प्राथमिकता दिएर काम गरिहेको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको अध्यक्ष दत्त बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिको केन्द्र सम्म सम्पुर्ण वडाहरुमा जोड्ने सडक निर्माण गरिएको छ । अन्य सडककहरुको स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि जारि रहेको छ । शिक्षाको गुणस्तर वृद्धिको लागी आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण भएको अध्यक्ष शाहीले बताउनुभयो । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको गाउँपालिकाले नमुना बिद्यालय पनि सन्चालन गरेको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई पनि मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिरहेको छ । सम्पुर्ण नगरवासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाले प्रत्यक वडामा आधारभुत स्वास्थ्यचौकी निर्माण गरेको छ । बिद्यालयहरुलाई धुलो रहित बनाउन गाउँपालिकाले बिशेष पहल गरिरहेको छ । पशु बिज्ञान र प्राविधक शिक्षाको संचालन गरेको गाउँपालिकाले गुणस्तरिय शिक्षामा बिशेष जोड दिएको छ । संचार क्षेत्रमा नागरिकलाई सुविधा दिन गाउँपालिकाको पहलमा २ वटा टावर निर्माण भएको छ भने थ्रिजि नेटवर्क छिट्टै संचालन गर्ने टेलिकम सँग सल्लाह भईरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको करिब आधा क्षेत्रमा बिद्युतिकरण भइसकेको र अव बाँकि क्षेत्रमा पनि यहि बर्र्ष भित्र बिद्युत पुग्ने अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्