दुल्लू नगरपालिकामा विकास निर्माणको काम ८० प्रतिशत सम्पन्न

दुल्लू नगरपालिकामा विकास निर्माणको काम ८० प्रतिशत सम्पन्न

कविता पोखरेल

माघ १२, दुल्लू नगरपालिका । दैलेख जिल्लाको दुल्लू नगरपालिकामा विकास निर्माण काम लगभग ८० प्रतिशत सम्पन्न भएको छ । एक घर एक धाराको अभियान सञ्चालनद्धारा नगरको २ सय घर धुरीहरुमा खानेपानी पुगेको नगर प्रमुख श्री घन श्याम भण्डारीले बताउनु भयो ।

जनताहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउको लागि स्वास्थ्य भवन निर्माण गरेको गरेको छ । युवाहरुलाई स्थानीय स्तरमै स्वरेजगारको व्यवस्था गर्ने हिसाबले विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आएको नगर प्रमुख भण्डारीको भनाई छ । नगरको सबै वडामा विद्युत जडान गर्ने काम भइरहेको उहाँले भन्नुभयो ।

पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपूर्ण स्थल रहेकोले नगरले प्रचार प्रसार गर्न र आवश्यक भौतिक संरचनाको निर्माण गर्ने कार्य अघि बढी रहेको नगरका, नगर प्रमुख भण्डारी बताउनु हुन्छ । यस्तै, नगरको सम्पूर्ण शैक्षिक क्षेत्रमा गुणस्तरी र प्राविधक शिक्षा लागि विशेष पहल गर्दै आइरहेको छ । सो, पहलले विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने भण्डारीको विस्वास छ । स्थानीय सरकारको गठन पछि यस पालिकामा विकास निर्माण कार्य चौतर्फी रुपमा भइरहेको र विगतको जस्तो कठिनाई भोग्न नपरेको स्थानीय वासिन्दाहरुले महशुस गरीरहेको पाईन्छ ।

यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले पालिका संक्रमण रोकथामको लागि विभिन्न सचेतनामुलक कार्यक्रम मार्फत आम नागरिकहरुलाई सुरक्षित राख्न निकै सफल भएको छ । कोरोनाबाट प्रभावित भएका नागरिकहरुलाई नगरस्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियो । साथै, आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेको उहाँले जनाउनु भयो । आगामी दिनमा सक्दो विकास निर्माणको काम गर्दै नगरलाई समृद्धिको उचाईमा लैजान नगर प्रमुख भण्डारीले आम नागरिकहरु समक्ष सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्