गुरुयोजना निर्माण गरेर विकास निर्माणमा सक्रिय छौंः अध्यक्ष श्रेष्ठ

गुरुयोजना निर्माण गरेर विकास निर्माणमा सक्रिय छौंः अध्यक्ष श्रेष्ठ

रचना तिमल्सिना ।

जनप्रतिनिधी आएसँगै सामान्य रुपमा रहेको बर्दियाको ठाकुरबाबा नगरपालिकाले दर्जनौं क्षेत्रहरुमा परिवर्तन र विकास गर्न सफल भएको छ ।

सडक, बिद्युत, स्वास्थ्य, खेलकुद, खानेपानि लगायतको विकासका पुर्वाधारमा नगरपालिकाले उल्लेख्य प्रगति गरेको छ । नगरपालिकाले नगर गुरु योजना बनाएर विकास निर्माणका कामहरु गरिरहेको छ । नया सडक बिस्तार गर्ने र पुराना सडकलाई कालोपत्रे गर्ने कार्यमा नगरपालिका लागेको नगर प्रमुख घनश्याम श्रेष्ठले बताउनुभयो । कर्मचारी र जनप्रतिनिधीको राम्रो सम्बन्ध रहेको यस नगरपालिकाले पछिल्ला बर्षमा देखिने तथा नदेखिने धेरै क्षेत्रहरुको विकासमा उलेख्य कार्य सम्पादन गर्दै समृद्ध ठाकुरबाबा नगरपालिका बनाउने बाटो पहिल्याउँदै गएको छ । नगर प्रमुख श्रेष्ठका अनुसार विभिन्न किसिमका कार्यहरु सम्पादनमा उपभोक्ताको प्रत्यक्ष संलग्नतालाई मध्यनजर गरी उपभोक्ता समिति गठन गरी परिचालन गरिएको छ । आर्थिक पारदर्शिता र आवश्यकता अनुसारका योजनाहरु स्पष्टताकोलागि बेला–बेलामा सार्वजनिक सुनुवाईगर्दै सु–शासनयुक्त स्थानीय सरकार निर्माणका लागि आवश्यक गतिविधीहरु सञ्चालनमा गरिएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि नगरपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा ठाकुरबाबा नगरपालिकाले जोड दिएको छ ।

ठाकुरबाबा नगरपालिकाले घरघरमै पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्ने अभियान संचालन गरेको छ । नगरभित्र रहेका ८४ वर्ष उमेर माथिका जेष्ठ नागरिकहरुलाई अहिले घरदैलोमै पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा दिइरहेका छन् ।ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नका लागि नगरपालिकाले ९ वटै वडामा स्वास्थ्यकर्मीहरु समते परिचालन गरिसकेको छ । स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर ज्येष्ठ नागरिकहरुको ज्वरो, रुघाखोकी, रक्तचाप, सुगर लगाएतका स्वास्थ्य जाँच गरिरहेका छन् । लकडाउनको समयमा नगरका कुनै पनि ज्येष्ठ नागरिकले स्वास्थ्य समस्या भोग्न नपरोस भनेर घरदैलो स्वास्थ्य सेवा अभियान सुरु गरिएको मेयर घननारायण श्रेष्ठले  जानकारी दिनुभयो ।

नगरको स्वास्थ्य शाखाको अनुसार ज्येष्ठ नागरिकलाई खानपिन तथा औषधी सेवन गर्ने तरिकाको बारेमा जानकारी दिनुको साथै अन्य स्वास्थ्य परार्मश समेत  दिईने  गरिएको छ ।दिर्घ रोगीहरुले सेवन गर्ने औषधि सकिएको अवस्था भएमा औषधी समेत नगरपालिकाले नै उपलब्ध गराउने गरेको छ ।यदी कुनै पनि समयमा स्वास्थ्य समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न समेत ज्येष्ठ नागरिक तथा दिर्घरोगीलाई नगरपालिकाले आग्रह गरेको छ ।

आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्