कृषि र पुशपालनमा बिशेष जोड दिदै प्युठानको स्वर्गद्धारी नगरपालिका

कृषि र पुशपालनमा बिशेष जोड दिदै प्युठानको स्वर्गद्धारी नगरपालिका

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् ।

प्युठानको स्वर्गद्धारी नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री बताउनहुन्छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ । नगर प्रमुख क्षेत्रीका अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु गाउँपालिकाले पूरा गर्दै आएको छ । सडकको स्तरोन्नति, सडक, पुलको निर्माण लगायतको पुर्वाधाहरु निमाएणका चरणमा रहेका छन ।

सडक निर्माणमा नगरपालिकाले उल्लेख्य प्रगती गरेको छ । पुराना सडकहरुलाई ग्राभेल र कालोपत्रे गर्ने, नया सडक निर्माण र स्तरोन्ती गर्ने र आवश्यक सडक पुलहरुको निर्माण भइरहेको छ । नगरपालिकाले कृषि सडकलाई बिशेष प्राथमिकता दिएर काम गरेको छ । कृषिका लागि बजारको व्यवस्थापन, महिलाको सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू नगरले गरिहेको छ । कृषक समुहहरुलाई बिना धितो ऋण उपलब्ध गराइएको छ । आफूले प्रतिबद्धता जनाएका योजनामध्ये केही मात्र बाँकी रहेको नगर प्रमुख क्षेत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अवको डेढ वर्षको समयावधिमा बाँकी रहेको सबै प्रतिबद्धता हामी पूरा गर्नेछौँ ।’

विश्वभर फैलिएको कोरोना महामारीको असर स्वर्गद्धारी नगरपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरले बिशेष पहल गरिहेको छ । कोरोना माहामारिमा पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरिएको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरप्रमखु क्षेत्रीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्