कृषि, पर्यटन र पुर्वाधारमा बिशेष प्राथमिकता दिदैं, रुन्टिगढी गाउँपालिका

कृषि, पर्यटन र पुर्वाधारमा बिशेष प्राथमिकता दिदैं, रुन्टिगढी गाउँपालिका

रचना तिमल्सिना ।

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकाले कृषि, पर्यटन र पुर्वाधारमा बिशेष प्राथमिकता दिएर काम गरिहेको छ ।

गाउँपालिका अध्यक्ष बलाराम बुढाका अनुसार गाउँपालिका समृद्धिको अभियान लागी परेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा ५ शैयाको सुबिधा सम्पन्न कोभिड अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकामा सडक विस्तारलाई पनि मुख्य प्राथमिकता पिच गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम भईरहेको छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि गाउँपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले रुन्टिगढी गाउँपालिकाको मुहार फेरिन थालेको छ । अहिले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानि तथा सडक जस्ता विकासका पुर्वाधारहरुको निर्माण कार्य धमाधम जारी छ । विगतमा जनताहरुले खेपेको सास्ति अहिले स्थानिय तहको निर्वाचन पछि अन्त्य भइसकेको छ । सुन्दर र समृद्ध रुन्टिगढी गाउँपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष बुढाले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर रुन्टिगढी गाउँपालिकामा पनि प¥यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर. डि. टि. र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष बुढाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्