कृषि सडक निर्माण गर्दै सर्लाहीको बासबरिया गाउँपालिका

कृषि सडक निर्माण गर्दै सर्लाहीको बासबरिया गाउँपालिका

रचना तिमल्सिना ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । सर्लाहीको बासबरिया गाउँपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ ।

आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको गाउँपालिका अध्यक्ष राम अयोध्या यादव बताउनहुन्छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ । अध्यक्ष यादव अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु गाउँपालिकाले पूरा गर्दै आएको छ । सडकको स्तरोन्नति, सडक, पुलको निर्माण, गाउँपालिका कार्यालय भवन, वडा कार्यालय भवन लगायतको पुर्वाधाहरु निमाएणका चरणमा रहेका छन । गाउँपालिकाले १–१ करोडको लागतमा २ वटा धर्मशाला निर्माण गरेको छ । सडक निर्माणमा गाउँपालिकाले उल्लेख्य प्रगती गरेको छ । पुराना सडकहरुलाई ग्राभेल र कालोपत्रे गर्ने, नया सडक निर्माण र स्तरोन्ती गर्ने र आवश्यक सडक पुलहरुको निर्मा गाउँपालिकाले गरिरहेको छ । गाउँपालिकाले कृषि सडकलाई बिशेष प्राथमिकता दिएर काम गरेको छ । हाल सम्म करिब १८ किलोमिटर सडक निर्माण भइसकेका छन । गाउँपालिका गाउँपालिका अध्यक्ष यादवले कृषिका लागि बजारको व्यवस्थापन, महिलाको सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू आफूहरूले ल्याएको दाबी गर्नुभयो । कृषक समुहहरुलाई बिना धितो ऋण उपलब्ध गराइएको छ । आफूले प्रतिबद्धता जनाएका योजनामध्ये केही मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष यादव बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘अवको डेढ वर्षको समयावधिमा बाँकी रहेको सबै प्रतिबद्धता हामी पूरा गर्नेछौँ ।’

विश्वभर फैलिएको कोरोना महामारीको असर बासबरिया गाउँपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष यादवको योजना छ ।

प्रतिक्रिया दिनुहोस्