समृद्ध सुनिलस्मृति गाउँपालिका निर्माणको अभियानमा छौंः अध्यक्ष घर्ती

समृद्ध सुनिलस्मृति गाउँपालिका निर्माणको अभियानमा छौंः अध्यक्ष घर्ती

रचना तिमल्सिना ।
रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका समृद्ध गाउँपालिका निर्माणको अभियानमा लागी परेको छ । अध्यक्ष गुणेन्द्र घर्तीका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । उज्यालो गाउँपालिका बनाउने योजनामा आफुहरु रहेको अध्यक्ष घर्तीले बताउनुभयो ।

स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पताल संचालनमा आउन लागेको छ । गाउँपालिमा सडक विस्तारलाई पनि मुख्य प्राथमिकता पिच गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम भईरहेको छ । गाउँपालिकाको सडक, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको अवस्था हेर्दा समृद्ध सुनिलस्मृति गाउँपालिकाको सपना छिट्टै पुरा हुने आँकलन पनि गर्न सकिन्छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि सुनिलस्मृति गाउँपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले सुनिलस्मृति गाउँपालिको मुहार फेरिन थालेको छ । अहिले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानि तथा सडक जस्ता विकासका पुर्वाधारहरुको निर्माण कार्य धमाधम जारी छ । विगतमा जनताहरुले खेपेको सास्ति अहिले स्थानिय तहको निर्वाचन पछि अन्त्य भइसकेको छ । सुन्दर र समृद्ध सुनिलस्मृति गाउँपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष घर्तीले बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर सुनिलस्मृति गाउँपालिकामा पनि प¥यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष घर्तीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्