स्वास्थ्य र शिक्षामा बिशेष जोड दिदै, शे–फोक्सुण्डो गाउँपालिका

स्वास्थ्य र शिक्षामा बिशेष जोड दिदै, शे–फोक्सुण्डो गाउँपालिका

कविता पोखरेल ।

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकाले शिक्षा र स्वास्थ्यका पुर्वाधारहरुलाई बिशेष जोड दिएर काम गरिहेको छ ।

गाउँपालिका अध्यक्ष टसी तुण्डुप गुरुङका अनुसार स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको शे–फोक्सुण्डो गाउँपालिकाले नमुना विद्यालय पनि संचालन गरेको छ । कोरोना महामारी पछि स्वास्थ्यको महत्व बुझेर गाउँपालिकाले सुविधा सम्पन्न अस्पताल पनि निर्माणको शिलान्यास गरिसकेको छ । उहाँका अनुसार किसानहरुले उब्जाएको अन्नबालिलाई सहजता पुर्वक बजार सम्म पुर्याउन सकुन भन्ने उद्धेश्यले गाउँपालिकाले कृषि सडकलाई पनि महत्व दिएको छ । यसका साथै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण नगरवासिमा पुर्याउन नगरले पहल गरिहेको छ । गाउँपालिकाको केन्द्रमा जोड्ने सडकहरुको निर्माण र भएका सडकलाई कालोपत्रे गर्ने कामपनि धमाधम भईरहेको छ ।

गाउँपालिकाका नागरिक खानेपानीबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले खानेपानीको सुविधा उपलब्ध गराइएको छ । सडक, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको अवस्था हेर्दा समृद्ध शे–फोक्सुण्डो गाउँपालिकाको सपना छिट्टै पुरा हुने आँकलन गर्न सकिन्छ । गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँस्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषीको लागि सिंचाइको ब्यवस्था, मल विउ बिजनको अनुदान र पशुपालनको लागी पनि अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आकर्षित गरिरहेको छ ।

विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि मिर्चया नगरपालिकाले कुशल नेतृत्व पाएको छ । विश्वभर फैलिएको कोरोना महामारीको असर शे–फोक्सुण्डा गाउँपालिकामा पनि परेको अध्यक्ष गुरुङले बताउनुभयो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने अध्यक्ष गुरुङको योजना छ ।

प्रतिक्रिया दिनुहोस्