विकासको गतिमा फड्को मार्दै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

विकासको गतिमा फड्को मार्दै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

कविता पोखरेल ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विकासका पुर्वाधारहरुको निर्माणमा उच्च प्राथमिकता दिएर काम गरिहेको छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको नगर प्रमुख दिप नारायण  रिजालले बताउनुभयो । उहाँका अनुसार नगरपालिको सम्पुर्ण वडाहरुमा जोड्ने कृषि सडक निर्माण गरिएको छ । अन्य सडककहरुको स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि जारि रहेको छ । शिक्षाको गुणस्तर वृद्धिकालागी आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण भएको नगर प्रमुख निरौलाले बताउनुभयो । विद्यार्थीहरुको सहजताको लागी सम्पुर्ण बिद्यालयहरुमा बिजुलि पंखा वितरण गरिएको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । नगरपालिकाले कृषि क्षेत्रलाई पनि मुख्य प्राथमिकता राखेर काम गरिहेको छ ।

कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई नगरपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको नगरप्रमुख निरौलाले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिरहेको छ । सम्पुर्ण नगरवासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।
स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरपालिकावासिमा पुर्याउन नगरपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको निर्माण कार्य जारी छ । नगरपालिकाले बाढि प्रभावित क्षेत्रको पुनःनिर्माण र नदि नियन्त्रणको काम पनि गरिहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगर प्रमुख  रिजालको योजना छ ।

प्रतिक्रिया दिनुहोस्