पालिकामा उल्लेखनीय विकास निर्माण कार्य भएको छ: अध्यक्ष थापा

पालिकामा उल्लेखनीय विकास निर्माण कार्य भएको छ: अध्यक्ष थापा

रचना तिमल्सिना
माघ ४,  गुल्मी दरबार गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकामा भौतिक पूर्वाधाहरुको काम तिव्र गतिमा हुदैं आएको छ ।

एक घर एक खानेपानीको रणनीती अपनाएको यस पालिकाले टोलटालमा खानेपानी पु¥याउने लक्ष्य राखेको अध्यक्ष अशोक कुमार थापाले बताउनु भयो । उहाँको अनुसार, पालिका भवन निर्माणाधिन अवस्थामा रहेको छ भने विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको थापाले भन्नुभयो । सडक सञ्जालको काम पनि निकै प्रगति गर्दै आएको छ । सडक ढलान गर्ने र नाली हाल्ने काम भइरहेको उहाँले जनाउनु भयो ।

साथै, सडक निर्माणको लागि नयाँ ट्रयाक निर्माणको योजना भइरहेको अध्यक्ष थापाले बताउनु भयो । समग्रमा यस पालिकाले सम्पूर्ण क्षेत्रमा उल्लेखनीय विकास निर्माणको काम गरिहेको छ । यस्तै, पालिकामा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न सन्देशमुलक कार्यक्रम मार्फत आफनो नागरिकहरु समक्ष सचेतना गराएको थापाले भन्नुभयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पालिका स्तरीय सुविधा सम्पन्न क्वारेन्टाइमा राख्ने व्यवस्था गरेको थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्