१ घर १ धारा निर्माण गर्ने अभियानमा, बाग्लुङको निसिखोला गाउँपालिका

१ घर १ धारा निर्माण गर्ने अभियानमा, बाग्लुङको निसिखोला गाउँपालिका

कविता पोखरेल ।
बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका १ घर १ धारा निर्माण गर्ने अभियानमा जुटेको छ । गाउँपालिकाका नागरिकलाई खानेपानिको सहज पहँुचको लागी उक्त अभियान सुरु गरिएको अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भई संचालनमा रहेको छ भने वडा कार्यालय भवन पनि निर्माणको चरणमा रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले भौतिक पुर्वाधार सँगै शिक्षा, स्वास्थ्य र खानेपानि र कृषिमा पनि बिशेष जोड दिएर काम गरिहेको छ । बिद्यालयहरुको भवन निर्माणको काम पनि भईरहेको छ । गाउँपालिकाका नागरिकहरुलाई कृषिमा आकर्षित गर्न अनुदान दिने, मलबिउ बितरण गर्ने लगायतको योजना ल्याएको अध्यक्ष पौडेलले जानकारि दिनुभयो । उहाँका अनुसार सडक निर्माणमा गाउँपलिकाले उल्लख्य प्रगती गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन सुबिधा सम्पन्न अस्पताल संचालनको तयारी भइरहेको छ ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामि दिनमा कोराना माहामारीको असरलाई कम गर्दै गाउँपालिकाको समग्र विकास निर्माणमा केन्द्रित हुने गाउँपालिका अध्यक्ष पौडेलको योजना छ ।

प्रतिक्रिया दिनुहोस्