समृद्धिको बाटोमा अघि बढ्दै, हुम्लाको ताँजाकोट गाउँपालिका

समृद्धिको बाटोमा अघि बढ्दै, हुम्लाको ताँजाकोट गाउँपालिका

कबिता पोखरेल ।

हुम्लाको ताँजाकोट गाउँपालिका समृद्धिको बाटोमा अघि बढिरहेको छ ।

गाउँपालिकाले सडक, खानेपानि, शिक्षा, स्वास्थ्य, कृषि, पुशपालन लगायतको क्षेत्रमा विशेष रुपले काम गरिहेको अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो । गाउँपालिकाले भौतिक संरचना निर्माणमा पनि प्रगति गरि रहेको छ । अस्थायी भवनमा संचालित गाउँपालिका कार्यालयको नयाँ भवनको डिपिआरको काम भईरहेको छ भने वडा कार्यालयहरुका भवन पनि निर्माणको चरणमा रहेको छ । यस्तै गाउँपालिकाकै पहलमा १२ वटा बिद्यालय भवनको निर्माण कार्य पनि सम्पन्न भएको छ ।

प्रविधिक शिक्षा र भेटेरिनरीमा जोड दिएको गाउँपालिकाले बिद्यार्थीहरुलाई छात्रबृत्ति दिने लगायतको काम पनि गरिरहेको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई स्वास्थ्य सेवाको पहँुच पुर्याउन अस्पताल निर्माणको काम पनि सुरु भएको छ । सुविधा सम्पन्न अस्पताल भवनको निर्माणको लागी टेन्डर प्रक्रिया अघि बढेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । गाउँपालिकाको सम्पुर्ण वडामाहरुमा सडक विस्तार र बिद्युतको ब्यवस्थापन भइरहेको अध्यक्ष मल्लले बताउनुभयो । घरघरमै सडक र बिजुलि पुगेपछि ताँजाकोटका स्थानिय हर्षित भएका छन । गाउँपालिकाले सुन्ताला, स्याउ, किवि लगायतको फलफुल खेतिमा पनि नागरिकहरुलाई आकर्षित गरिरहेको छ । नागरिकहरुको सहजताको लागी गाउँपालिकाले २ वटा झोलुंगेपुल निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्