सोनमा गाउँपालिकामा सडक निर्माण कार्य ९० प्रतिशत सम्पन्न

सोनमा गाउँपालिकामा सडक निर्माण कार्य ९० प्रतिशत सम्पन्न

रचना तिमल्सिना
माघ ४, सोनमा गाउँपालिका । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा सडक निर्माणको काम लगभग ९० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष राज कुमार यादवको दावी छ ।

सो सडकलाई ढलान र पीच गर्ने काम अन्तिम चरणमा पुगेको अवस्था छ । पालिकाको स्रोत साधनले भ्याएसम्म सडकलाई सिङ रोडको कल्पना गर्दै आएको अध्यक्ष राज कुमार यादवको भनाई छ । सडक निर्माण कार्य सम्पन्न भए पछि स्थानीय वासिन्दाहरुमा आवत जावत गर्नलाई धेरै सहज हुने आदवले जनाउनु भयो छ । पालिकामा अन्य भौतिक पूर्वाधारहरुको काम पनि तिव्र गतिमा भइरहेको छ ।

कृषि क्षेत्रलाई समेत पहिलो प्राथामिकतामा राख्दैं युवाहरुलाई पशुपालन र तरकारी खेतिको लागि पालिकाले विशेष पलह गरेको अध्यक्ष यादले बताउनु भयो । स्वास्थ्य क्षेत्रमा पालिकाको आठ वटै वडामा स्वास्थ्य चौर्कीको स्थापना गरेको छ । पालिका बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालनद्धारा महिलाहरुको लागि विशेष पलह गरेको छ । शैक्षिक क्षेत्रमा केही विद्यालयहरुको विद्यार्थीहरुलाई साइकल वितरण गरेको अध्यक्ष यादवले भन्नुभयो ।

यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकलाई सचेतना गराउदैं आएको छ । बाहिरबाट आएकाहरुलाई पालिका स्तरीय ५० बेड क्षमता भएको सुबिधा सम्पन्न क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरेको यादवले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पालिकाले दुई चरणमा राहत वितरण कार्य गरेको पालिका अध्यक्ष यादव बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्