‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्दै चौदण्डिगढी नगरपालिका

‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्दै चौदण्डिगढी नगरपालिका

कविता पोखरेल ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ । जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् ।

उदयपुरको चौदण्डिगढी नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको नगर प्रमुख खगेन्द्र राई बताउनुुन्छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको जनप्रतिनिधिहरूको दाबी छ । नगर प्रमुख राईका अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु नगरले पूरा गर्दै आएको छ । नगरले खोपकेन्द्र देखि अस्पतालको निर्माण कार्य अघि बढाएको छ ।

नगरले ससाना भवन देखी ३० लाख सम्मका ठुला भवनको निर्माण कार्यपनि अघि बढाएको छ । सडकको स्तरोन्नति, सडक, पुलको निर्माण, नगरपालिका कार्यालय भवन, वडा कार्यालय भवन लगायतको पुर्वाधाहरु निमाणका चरणमा रहेका छन । सडक निर्माणमा नगरले उल्लेख्य प्रगती गरेको छ । पुराना सडकहरुलाई ग्राभेल र कालोपत्रे गर्ने, नया सडक निर्माण र स्तरोन्ती गर्ने र आवश्यक सडक पुलहरुको निर्मा नगरले गरिरहेको छ । नगरप्रमुख राईले कृषिका लागि बजारको व्यवस्थापन, महिलाको सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू आफूहरूले ल्याएको दाबी गर्नुभयो । कृषक समुहहरुलाई बिना धितो सहुलियत ब्याजमा ५ लाखसम्म ऋण उपलब्ध गराइएको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरवासिमा पुर्याउन सुबिधा सम्पन्न अस्पतालको सिलन्यास गरि टेन्डर प्रक्रियामा समेत गईसकेको छ । आफूले प्रतिबद्धता जनाएका योजनामध्ये केही मात्र बाँकी रहेको नगर प्रमुख राई बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘अवको डेढ वर्षको समयावधिमा बाँकी रहेको सबै प्रतिबद्धता हामी पूरा गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्