विचारमा भन्दा विकासमा परिवर्तन आउने गरी नगरमा काम भइरहेको छ नगर प्रमुख ढुंगाना

विचारमा भन्दा विकासमा परिवर्तन आउने गरी नगरमा काम भइरहेको छ नगर प्रमुख ढुंगाना

कविता पोखरेल
माघ १, निलकण्ठ नगरपालिका । धादिङ जिल्लाको निरकण्ठ नगरपालिकाको जनतिनिधिले विचारमा भन्दा व्यवहारीक विकास निर्माण कार्यमा बढी जोड दिनु भएको छ ।

आफु नगरमा निर्वाचित भए पश्चात भौतिक पूर्वाधारहरुको कामलाई पहिलो प्राथामिकतामा राखेर अघि बढेको नगर प्रमुख भिम प्रसाद ढंगानाको भनाई छ । उहाँको अनुसार, सडक, पुल, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको नगर प्रमुख ढुंगानाले भन्नुभयो । नगरको केन्द्रदेखि वडालाई जोड्ने सडक निर्माण हुनुका साथै पुराना सडकलाई थप सुधार गर्ने कार्य भैरहेको छ । कृषि क्षेत्रमा आबद्ध भएका किसानहरुको लागि कृषि अनुदान दिने व्यवस्था समेत गरको उहाँले बताउनु भयो । समग्रमा सम्पूर्ण क्षेत्रमा समेट्दै पालिका समृद्धिको यात्रामा निरन्तर अघि बढीरहेको देखिन्छ ।

विगतको तुलनामा भन्दा आफु निर्वाचित भए पश्चात विकास निर्माण कार्य उल्लेखनीय रुपमा भएको नगर प्रमुख ढुंगाना बताउनु हुन्छ । यस्तै, पालिकामा कोरोेनाको उच्च जोखिम रहेकोले संक्रमण रोेकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सचेतना गराएको नगर प्रमुख ढुंगानाले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्