समृद्ध मेरिङदेन गाउँपालिका निर्माणको अभियानमा छौंः अध्यक्ष लिम्बु

समृद्ध मेरिङदेन गाउँपालिका निर्माणको अभियानमा छौंः अध्यक्ष लिम्बु

कविता पोखरेल ।

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ ।

गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पताल संचालनमा आउन लागेको छ । गाउँपालिमा सडक विस्तारलाई पनि मुख्य प्राथमिकता पिच गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम भईरहेको छ । गाउँपालिकाको सडक, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको अवस्था हेर्दा समृद्ध मेरिङदेन गाउँपालिकाको सपना छिट्टै पुरा हुने आँकलन गर्न सकिन्छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि मेरिङदेन गाउँपालिकाले कुशल नेतृत्व पाएको छ । स्थानिय सरकारको गठन भएपछि जनप्रतिनिधिको सक्रियताले गोुकलगंगाको मुहार फेरिन थालेको छ ।

अहिले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानि तथा सडक जस्ता विकासका पुर्वाधारहरुको निर्माण कार्य धमाधम जारी छ । विगतमा जनताहरुले खेपेको सास्ति अहिले स्थानिय तहको निर्वाचन पछि अन्त्य भइसकेको छ । विश्वभर फैलिएको कोरोना महामारीको असर गोकुलगंगा गाउँपालिकामा पनि प¥यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । गाउँपालिकामा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि ति ठाउँहरुमा सडक पु¥याउने लगायतका भौतिक संरचना निर्माण गर्ने गाउँपालिको योजना छ । सुन्दर र समृद्ध मेरिङदेन गाउँपालिका निमार्ण गर्न जनप्रतिनिधिको सक्रियता सँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको अध्यक्ष लिम्बुले बताउनुभयो । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाका अध्यक्ष लिम्बुको योजना छ ।

प्रतिक्रिया दिनुहोस्