विकासको गतिमा फड्को मार्दै, पर्साको ठोरी गाउँपालिका

विकासको गतिमा फड्को मार्दै, पर्साको ठोरी गाउँपालिका

रचना तिमल्सिना ।

पर्साको ठोरी गाउँपालिकाले विकासका पुर्वाधारहरुको निर्माणमा उच्च प्राथमिकता दिएर काम गरिहेको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको अध्यक्ष पदमलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गाउँपालिको सम्पुर्ण वडाहरुमा जोड्ने कृषि सडक निर्माण गरिएको छ । अन्य सडककहरुको स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि जारि रहेको छ ।  शिक्षाको गुणस्तर वृद्धिको लागी आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुको सहजताको लागी सम्पुर्ण बिद्यालयहरुमा बिजुलि पंखा वितरण गरिएको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई पनि मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिरहेको छ । सम्पुर्ण नगरवासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न १५ शैयाको अस्पतालको शिलान्यास भइसकेको छ । गौतमनगरस्थित ठोरी स्वास्थ्य चौकी परिसरमा अस्पताल निर्माण हुनेछ । पर्साको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकामा अस्पताल नहुँदा उपचारका लागि सर्वसाधरणहरु जिल्ला सदरमुकाम वीरगञ्ज, चितवनको भरतपुरका साथै भारतमा जानुपर्ने बाध्यता थियो । अस्पतालको शिलान्यास गर्दै अध्यक्ष श्रेष्ठले बहुवर्षीय योजनामा निर्माण हुन लागेको यस अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । ठोरी अस्पताल सञ्चालनमा आएपछि ठोरीको पूर्वी भेग, चितवन र भारतीय जनताले समेत स्वास्थ्य उपचार पाउने छन् ।
गाउँपालिकाले बाढि प्रभावित क्षेत्रको पुनःनिर्माण र नदि नियन्त्रणको काम पनि गरिहेको छ । किसानहरुलाई आपको बिरुवा वितरण, डेरि संचालनमा अनुदान, पर्यटनको लागी हात्ति सफारि,जिप सफरि लगायतको काम गाउँपालिकाले गरिरहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्