नरहरिनाथ गाउँपालिकाको भवन निार्माणाधिन अवस्थामा

नरहरिनाथ गाउँपालिकाको भवन निार्माणाधिन अवस्थामा

रचना तिमल्सिना
माघ १, नरहरिनाथ गाउँपालिका । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका भवन सहित वडा कार्यलयको भवन निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष धीर बहादुर बिष्टले भन्नुभयो । एक वडा कार्यलयको भवन र पालिका भवन निर्माण कार्य वित्र गतिमा भइरहेको र चाँडै सम्पन्न हुने अध्यक्ष बिष्टको बताउनु भयो । स्थानीय सरकाको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै पालिकामा चौतर्फी रुपमा विकास निर्माण कार्य भइरहेको देखिन्छ ।

सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य क्षेत्रमा विगतको तुलनामा भन्दा विकास निर्माण कार्यले तिव्रता पाएको अध्यक्ष बिष्टको भनाई छ । पालिकाले विद्यालयमा भवन निर्माण गर्नुका साथै शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा विशेष जोड दिदैं अघि बढीरहेको अध्यक्ष बिष्टले जनाउनु भयो । एक घर एक धारा खानेपानीको अभियान सञ्चालनद्धारा प्रत्येक टोलटोलमा खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।

समग्रमा यस पालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको उचाईमा अघि बढीरहेको स्पष्ट देख्न सकिन्छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरुलाई सचेतना गराएको उहाँले भन्नुभयो । बहिरबाट आएकाहरुलाई पालिकास्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरहेको अध्यक्ष बिष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्