नार्पाभुमी गाउँपालिमा चिसो बढ्यो, विकास निर्माणको काम प्रभावित

नार्पाभुमी गाउँपालिमा चिसो बढ्यो, विकास निर्माणको काम प्रभावित

कविता पोखरेल ।

मनाङ जिल्लाको नार्पाभुमी गाउँपालिमा चिसोको कारण जनजिवन प्रभावित बनेको छ ।

यतिबेला याँहाका नागरिकले रातीको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन् । दिउँसोको समयमा पनि माइनस ७ डिग्रीमा याँहाका बासिन्दाले दैनिकी गुजारिरहेका छन् । घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहान बेलुकी घरबाहिर निस्कन पनि सकस छ गाउँलेलाई । कोरोनाको कहर नहुँदो हो त यो बेला ना र फू गाउँका अधिकांश घर रित्तै हुन्थे । उमेरका केही युवा मात्र गाउँमा हुन्थे । महिला, बालबालिका, वृद्धवृद्धा सहर (पोखरा, काठमाडौं, बेशीसहर) झरेका हुन्थे । तर, कोरोनाको डरले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए । गाउँमै अडिएका दुर्गम गाउँका ती बासिन्दा अहिले ठिहि¥याउँदो चिसोमा मुटु कमाउँदै बसिरहेका छन् । गाउँलेहरु हिमपातको चपेटामा परेका छन् ।

मनाङको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरीङ लामा भन्छन, ‘मुटु कमाउने चिसो छ । हिउँ पर्न थालेको छ । रातमा माइनस १५ र दिनमा माइनस ७ को चिसोमा बस्नुपरेको छ ।’ उनका अनुसार यो बेला पोहोर–परार अधिकांश गाउँले जाडो छल्न सहर झरिसकेका हुन्थे । घर कुरेर बसेका सिमित व्यक्ति मात्र गाउँमा भेटिन्थे तर, अहिले भने कोरोनाले गर्दा अधिकांश बासिन्दा गाउँमै रोकिएको उनले बताए ।  चिसो मौसममा हिउले काम गर्न नसकिएपनि अन्य समयको सदुपयोग गर्दै गाउँपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ । लामाका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पताल संचालनमा आउन लागेको छ । गाउँपालिमा सडक विस्तार, सडक पिच गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम भईरहेको छ । याँहाको सडक, शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारको अवस्था हेर्दा समृद्ध नार्पाभुमी गाउँपालिकाको सपना छिट्टै पुरा हुने आँकलन गर्न सकिन्छ । विगतका दिनहरुमा विकास निर्माणको अभावका कारण यहाँका जनताले धेरै सास्ती खेप्नु परेको थियो । तर स्थानिय तहको निर्वाचन पछि नार्पाभुमी गाउँपालिमा गाउँपालिकाले कुशल नेतृत्व पाएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर नार्पाभुमी गाउँपालिमा पनि प¥यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिका लागि परिहेको छ । गाउँपालिकामा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि ति ठाउँहरुमा सडक पु¥याउने लगायतका भौतिक संरचना निर्माण गर्ने अध्यक्ष लामाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्