कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएर काम गर्दै, बौदीकाली गाउँपालिका

कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएर काम गर्दै, बौदीकाली गाउँपालिका

कबिता पोखरेल

नवलपरासी ‌‍बर्दघाट सुस्ता पुर्व बौदीकाली गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गरिहेको छ ।

कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले बताउनुभयो । उहाँका अनुसार कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिरहेको छ गाउँपालिकाले । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम पनि तिब्र गतिमा भइरहेको छ । सम्पुर्ण नगरवासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

शैक्षिक क्षेत्रको बिकासको लागि नगरले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको गाउँपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको शिलान्यास भइसकेको छ भने प्रत्यक वडामा स्वास्थ्य चौकीहरु संचालनमा रहेका छन । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्