१ घर १ धारा निर्माण गर्ने अभियानमा, कास्किको माछापुच्छ्रे गाउँपालिका

१ घर १ धारा निर्माण गर्ने अभियानमा, कास्किको माछापुच्छ्रे गाउँपालिका

कविता पोखरेल ।

कास्कि जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ घर १ धारा निर्माण गर्ने अभियानमा जुटेको छ ।

गाउँपालिकाका नागरिकलाई खानेपानिको सहज पहँुचको लागी उक्त अभियान सुरु गरिएको अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माणाधिन अवस्थामा रहेको छ भने वडा कार्यालय भवन पनि निर्माणको चरणमा रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले भौतिक पुर्वाधार सँगै शिक्षा, स्वास्थ्य र खानेपानि र कृषिमा पनि बिशेष जोड दिएर काम गरिहेको छ । नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा दिन सुविधा सम्पन्न अस्पतालको शिलान्यास भएर निर्माणको चरणमा रहेको छ । बिद्यालयहरुको भवन निर्माणको काम पनि भईरहेको छ । गाउँपालिकाका नागरिकहरुलाई कृषिमा आकर्षित गर्न अनुदान दिने, मलबिउ बितरण गर्ने लगायतको योजना ल्याएको अध्यक्ष गुरुङले जानकारि दिनुभयो । उहाँका अनुसार सडक निर्माणमा गाउँपलिकाले उल्लख्य प्रगती गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन सुबिधा सम्पन्न अस्पताल संचालनको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्