जिल्लाकै व्यापारी केन्द्र निर्माण गर्दै कटहरीया नगरपालिका

जिल्लाकै व्यापारी केन्द्र निर्माण गर्दै कटहरीया नगरपालिका

रचना तिमल्सिना
पौष २९, कटहरीया नगरपालिका । रौतहट जिल्लाको कटहरीया नगरपालिकामा एक प्रमुख व्यापारी केन्द्र निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले भन्नुभयो । उक्त व्यापारी केन्द्रको हिसाबले रौतहट जिल्लाकै ठुरो व्यापारी हुने नगर प्रमुख सुशवाहाको भनाई छ ।

सो व्यापारी केन्द्र निर्माणको लागि १२ करोड रुपैया लगानी लाग्ने उहाँको अनुमान छ । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले यस नगरमा भौतिक पूर्वाधाहरुको निर्माण कार्य फरक तवरले भएको देख्निछ । विगतको तुलनामा भन्दा आमुल परिर्वन आएको नगर प्रमुख कुशवाहा बताउनु हुन्छु । उहाँको अनुसार जनताहरुले आफुलाई राम्रो काम गर्नको लागि चुनेको हुन् ।

त्यस हिसाबले नगरको क्षमताले भ्याएसम्म भरपुर जनताहरुको सेवा गर्नुका साथै विकास निर्माणमा उतीकै आफु खटेको कुशवाहाले भन्नुभयो । सडक, खानेपानी, स्वास्थ्य कृषि लगायत अन्य क्षेत्रमा विकास निर्माण तिव्र गतिमा भइरहेको नगर प्रमुख कुशवाहाले जनाउनु भयो । किसानहरुको लागि विउ विजन वितरण गर्नुका साथै स्थानीय वासिन्दाहरुलाई रोजगारी प्रदान समेत गरेको उहाँले बताउनु भयो ।

नगरको सम्पूण विद्यालयहरुमा शैक्षिक क्षेत्रमा थप सुधार र गुणसतरीय शिक्षामा जोड दिएको अवस्था । उहाँको अनुसार विद्यार्थीहरुलाई साइसल पनि वितरण गरिएको छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले यस संक्रमण न्यूनीकरणको लागि नगरले जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सचेतना गरेको कुशवाहाले जानकारी दिनुभयो । बाहिरबाट आएकाहरुलाई आवश्यक चकजाँच पश्चात नगरमा प्रवेश गर्न पाउने व्यवस्था समेत गरेको उहाँको भनाई । साथै, कोरोनाबाट प्रभावित भएका र विवन्न घर परिवारहरुलाई राहत वितरण कार्य गरेको नगर प्रमुख कुशवाहाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्