चौतर्फी विकास निर्माण कार्य गर्दै गढीमाई नगरपालिका

चौतर्फी विकास निर्माण कार्य गर्दै गढीमाई नगरपालिका

रचना तिमल्सिना
पौष २९, गढीमाई नगरपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि रौतहट जिल्लाको गढीमाई नगरपालिकामा एक सच्चा र कुशल जनप्रतिनिधिको आगमनसँगै यस नगरमा विकास निर्माणको कार्य चौतर्फी रुपमा भइरहेको अवस्था छ ।

सडक, भवन, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा आमुल परिवर्तन छाएको नगर प्रमुख श्याम प्रसाद यादवले दावी गर्नुभयो । आफनै कार्यकालमा जनताहरुको प्रत्यक्ष सहयोग र मेहनतले नगर चाँडै समृद्धिको उर्चामा पुग्ने उहाँको विस्वास छ । नगरकै पहलमा नगर भवन निर्माण गर्नुका साथै वडा कार्यलयको भवन समेत निर्माणाधिन अवस्था रहेको उहाँले भन्नुभयो ।

विगतको तुलनामा भन्दा विकास निर्माण कार्यले तिव्रता पाएसँगै नगरमा परिवर्तन आएको नगर प्रमुख यादवले बताउनु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत आफना नागरिहरुलाई सचेतना गराएको उहाँले भन्नुभयो । साथै, कोरोनाबाट प्रभावित भएका र विपन्न नागरिकहरुलाई तिन चरणमा राहत वितरण कार्य गरेको नगर प्रमुख यादवले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्