उर्लाबारी नगरपालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न

उर्लाबारी नगरपालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न

कविता पाेखरेल ।

 उर्लाबारी नगरपालिका । मोरङ जिल्लाको उर्लाबारी नगरपालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न भएको छ । नगर देखि सबै वडा कार्यलाई जोड्ने सडकखण्ड पूर्ण रुपमा सडक पुगेको नगर प्रमुख खड्ग बहादुर फागोको भनाई छ ।

उक्त सडक निर्माण पश्चात हाल सवारी साधनहरु नियमित रुपमा सञ्चालन भइरहेको र स्थानीय वासिन्दाहरु पनि यात्राको लागि थप सहज भएको नगर प्रमुख फागोले भन्नुभयो । उहाँको अनुसार अन्य क्षेत्रमा पनि विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको छ । सडक, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा विगतमा तुलनामा भन्दा उल्लेखनीय प्रगती भएको फागोले दावी गर्नु भयो ।

नगरमा युवाहरुलाई रोजगारीको व्यवस्था गर्नुका साथै सिपमुलक तालिम प्रदान गरेको नगर प्रुमख फागोले बताउनु भयो । उहाँको अनुसार, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि नगरले टोलटोलमा स्वास्थ्यकर्मीहरु परिचालन गरी नागरिकहरुलाई सचेतना गराएको नगर प्रमुख फागोले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुका साथै आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत वितरण कार्य गरेको नगर प्रमुख फागोले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्