कृषिमा प्राथमिक दिदै, सर्लाहीको चक्रघट्टा गाउँपालिका

कृषिमा प्राथमिक दिदै, सर्लाहीको चक्रघट्टा गाउँपालिका

रचना तिमिल्सिना

सर्लाहीको चक्रघट्टा गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।

गाउँपालिकाले कृषी तथा पशुपालनकोलागि किसानहरुलाई अनुदान दिई युवाहरुलाई कृषि तथ पशुपालन तर्फ आर्कषित गरिरहेको अध्यक्ष बिक्रम यादवले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिएसँगै युवाहरुलाई गाउँपालिकास्तरमै रोजगार र बिपन्न बर्गको जीवनस्तरलाई माथि उकास्न सहयोग पुगेको छ । कृषि क्षेत्रको विकासको लागी सुरुमा सिंचाईको ब्यवस्था हुनुपर्छ भन्ने बुझेर गाउँपालिकाले बोरीङ मार्फत सिंचाईको ब्यवस्था गरेको छ । किसानहरुलाई मल, बिउविजन लगायत कृषि सामाग्री वितरणमा पनि गाउँपालि अगाडि छ । यस्तै लखनदेहि खालामा बाध निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिकाले आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यायालय भवनको निर्माण र प्राविधिक एवम गुणस्तरिय शिक्षामा जोड दिएको छ । बालमैत्रि शिक्षामा जोड दिएको गाउँपालिकाले शिक्षकको दरबन्दि मिलान र कक्षाकोठा ब्यवस्थापनमा पनि सक्रियता देखाएकोछ । नागरिकहरुलाई आफ्नै भवनबाट सेवासुविधा दिन गाउँपालिको भवन निर्माणाधिन अवस्थामा रहेको छ । यस्तै ३ वटा वडा कार्यालय भवन संचालनमा आईसकेको छ भने ६ वटा निर्माणधिन अवस्थामा रहेका छन । कोरोना महामारिमा गाउँपालिकाले नागरिकहरुलाई मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण,आर डि टि , पिसिआर परिक्षण लागायतका कामहरु गरेको थियो । आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा केन्द्रित हुने गाउँपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्