समृद्ध बन्दै, सर्लाहीको बागमति नगरपालिका

समृद्ध बन्दै, सर्लाहीको बागमति नगरपालिका

सर्लाही जिल्लाको बागमती नगरपालिकाले समृद्धिको बाटोमा अग्रसर रहेको नगर प्रमुख भरत कुमार थापाले बताउनुभयो ।

समृद्ध बन्ने योजना अनुसार नगरले सबै नागरिकहरुलाई खानेपानीको सुबिधाका पुर्याउन एक घर एक धाराको अभियान संचालन गरेको छ । नगरपालिकाको केन्द्रसम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भैरहेको र पुराना सडकहरुको स्तरोन्नतिको काम पनि जारि रहेको छ । कृषी तथा पशुपालनमा स्थानिय नागरिकहरुलाई आकर्षित गर्न किसाानहरुलाई अनुदान र बीउ बिजन वितरण गरिरहेको छ नगरपालिकाले ।स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा सुबिधा सम्पन्न अस्पतालको सिलन्यास गरिएको छ । शैक्षिक क्षेत्रको बिकासको लागि गरपालिकाको पहलमा सुबिधा सम्पन्न बिद्याालय भवनको निर्माण तथा प्राबिधिक एवम गुणस्तरिय शिक्षामा जोड दिइएको छ ।

नगर प्रमुख थापा सरकारी सेवा सुविधा उपभोग नगरी दिनरात जनताको सेवामा तल्लीन हुनुहुन्छ । उहाँले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता, सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुविधा लिनु भएको छै । उक्त सुविधा वापत प्राप्त गर्ने रकम नगरका विकास निर्माण तथा विपन्न नागरिकको जीवनस्तर माथि उकास्न लगानी गरेको नगर प्रमुख थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “गाउँ गाउँमा सिंहदरवारको राष्ट्रिय नारालाई सार्थक पार्न र विपन्न जनताको जीवनस्तर माथि उकास्न कुनै सरकारी सेवा सुविधा उपभोग नगरी तल्लीन भएको हुँ । ”

करिव १ सय २० विघामा नगर बगैँचा, करिब २ सय विघामा पोखरी, उद्यान लगायतका योजना नगरपालिकाले सार्वजानिक गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने नियम बनाइएको छ । नगरकै गौरवको आयेजना ७० करोडको लागतमा कृतिम ताल निर्माणको काम भइरहेको नगर प्रमुख थापाले बताउनुभयो ।

नगरले स्थानियस्तरमा उपलब्ध श्रोत र साधन परिचालन गर्दै विकास निर्माणको काम गरिहेको छ । कोरोना महामारिमा नगरले नागरिकहरुलाई मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण,आर डि टि , पिसिआर परिक्षण लागायतका कामहरु गरेको थियो । आगामि दिनहरुमा कोरोना माहामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा केन्द्रित हुने नगरपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्